Posted by: AnandNepal May 13, 2021
मलाइ यो जीन्दगीले ...
Login in to Rate this Post:     2       ?         Liked by
यो प्रयोगात्मक कथा हो.. यहिं पढेको अर्को कथाको प्रतिउत्तर (त्यो कथाको यस अघिको भाग अन्त्यमा भिडियो स्वरुपमा प्रस्तुत गरेको छु:+

भाग १

खुशी हुनलाई कुनै ठूलै कुरा पनि नचाहिँदो रहेछ:

"यो शनिवार तिमीहरु बुढाबुढी म कहाँ खान आओ है। मस्ती गर्नु पर्छ।"

यही कुरा एक बर्ष अघि सुन्दा अलि अलि त उत्साहित पक्कै भइन्थ्यो होला, तर अहिले जस्तो बिछट्टै रमाइलो चाँहि लाग्थेन। अहिले चाहिँ बर्ष दिन जेलमा बसेर बाहिर निस्कने मौका पाएको जस्तो खुशी लाग्यो, दशैँ नै आएको जस्तो रमाइलो लाग्यो। कोरोना कालको पीर, चिन्ता र छटपटी केही भए पनि पोख्ने मौका पाइएला भन्ने आशाको संचार भयो।

उत्सवले कोरोनाका दुइटै खोप लगाइ सकेका जोडीहरु मात्रै जम्मा भएर रमाइलो गर्ने भनेर कार्यक्रम राखेको रहेछ। उसले फोन राख्ने बित्तिकै फुरुङ हुँदै रेजिनालाई सुनाउन कोठामा पुगेर ढोका खोल्ने बित्तिकै मलाई ४२० भोल्टको करेन्ट लाग्यो।

कोठा भित्र रेजिना पुरै निर्वस्त्र भएर ऐनामा आफैँलाइ हेरेर मख्ख परिरहेकी रहिछे। अधबैशे उमेरमा पनि रेजिनाले आंफ्नो ज्यान चाँहि मेन्टेन गरेकै हो. पिछाड अलि बाक्लो भए पनि उसको जीउ मिलेको छ। अलि बाक्लो भए पनि बालुवा घडी (आवरग्लास) आकारको उसको शारीरिक बनावट मलाई करिश्मा मानन्धरको जस्तै लाग्छ, आकर्षक लाग्छ। एक मन त भित्र छिरेर ढोका लगाउन मन लाग्यो तर, त्यही बेला झगडा गरेर नबोलेको याद आयो।

ढोकाको घर्‍याक्क गरेको आवाजले झस्केकी रेजिना सम्हालिएर म तिर प्रश्नवाचक दृष्टि फेंकी। एउटा हातले ड्रेसिङ् टेबलको छेउमा टेकी रहेको थियो अर्को हात छातीमा। रेजिनाले आंफ्नो शरीर छोप्ने कुनै प्रयास नै गरिन.. सायद मलाइ प्रभावित पार्ने, पगाल्ने सुर होला उसको। तर, मलाइ भने उसको यो हर्कत देखेर घिन लाग्यो। एक निमेष आएको उत्तेजना पनि केही मथ्थर भयो। उसको सुडोल शरीर हेरीरहें भने म भड्किन्छु भन्ने पक्का थियो, तेसैले उसको कामुकता हेरिरहन पनि सकिन। 

"के गरिरहेकी रेजी?"

उसले निर्लज्ज तरिकाले स्वर अलि धोद्रो पारेर जवाफ दिइ, "आँफैलाई माया?"

ऐना त बाथरुममा पनि थियो, अझ बाथारुमका सात सात वटा बल्ब एकै चोटी बाल्दा शरीर धपक्कै बल्थ्यो होला पनि। त्यतै माया गरेको भए नि हुन्थ्यो. यो त मैले मन मनै भने उसलाई भन्न जरुरी लागेन। 

मैले यत्ति भने, "लाज लाग्दैन? घरमा अरु पनि त बस्छन नि।"

हुन त उसलाई घरमा बस्नेको कहिले पो चासो रह्यो र। रेजिनाले संधै आँफ्नै बारेमा मात्रै सोच्ने हो। उसले संधै संसारको केन्द्रमा आँफू एक्लै भएको जस्तो ब्यबहार गर्ने गर्दछे। 

"यो मेरो आफ्नो शरीर हो। मैले आफ्नै शरीरलाई माया गर्न पाउंदिन?"

हो हो पाइन्छ, सडकमा गएर माया गरे पनि हुन्छ ! मलाइ रिसको पारो चढ्यो।  तर, रिस देखाएर केही फाइदा छैन. मैले जित्न सक्ने पनि होइन।

मन मनै, "जे सुकै मर!" भनेर हिंड्न लाग्दा बल्ल के भन्न आएको थिएँ भन्ने सम्झिएँ. अघि संसार छोपेको खुशी त ग्रहण लागेको जस्तो मेटीइ सकेछ, बिरक्त मान्दै मैले भनें, " योशनिबार उत्सबकोमा खाना बोलाएको छ। बिदा मिलाउनु नि।"

उसले रुखो स्वरमा "मेरो काम छ। म जाँदिन।"

भो अब! ग्रहण लागेको खुशीमा उसले चिसो पानी पनि छ्यापीदिइ। भन्न त कति मन थियो, गालीको बाढी ल्याएर बगाइदिन मन थियो, तर, सबै कुरा मनको कुनामा उकुसमुकुस हुने गरेर कोचेर यत्ति भने, "कस्तो बौलाहा जस्ती!"

उसको मुड भने अर्कै थियो, "तिमी नि?"

"म के?" मैले सोधें.

उसले आंफ्ना हातले आंफ्नो नग्नता सहलाउँदै भनी, "तिमीलाई किन केही हुँदैन मलाई देखेर?"

मेरो रिसको पारो अलि माथि नै पुगी सकेको थियो। उसको त्यस्तो सुन्दरतामा माथि मेरो क्रोधको बादल लागि सकेको थियो, "के म सधैं तिमीसङ टासिएर बस्नु पर्‍यो? बच्चा बच्ची ठुला भै सकेपछि पनि कुरकुरे बैश आएको जस्तो कुरा गरेर हुन्छ?"

उ संधै यस्तै जिद्दी हो, “माया गर्नको लागि उमेरको सीमा हुँदैन।“

"अनि, के तिम्रो मायाले मात्रै घर चल्छ?" मैले प्रश्न तेर्स्याएँ। 

उसले मेरो स्वाभिमानमाथि फेरी प्रहार गरी, "म पनि त काम गर्छु नि त, तिमी एक्लैले सबै पुर्याएका त छैनौ भो।"

अब यो सबै मेरो घांटी सम्म आइ सकेको थियो, "हो हो, तिमीले काम गरेर आँफूलाई धान्न सक्छौ. अब मेरो सहारा पनि किन चाहियो र आंफ्नो बाटो तताउन मन लागे तताए हुन्छ।"

उ स्वभावले मजबुर थिइ, "यो मेरो पनि त घर हो।"

मलाइ उसंग कुनै बादविवाद गर्नु थिएन, मैले "जे सुकै गर।" भनेर ढोका ढ्याम्म लगाएर हिंडे।

रिसले तिल्मिलाउँदै म छोरीको कोठा म गएँ. छोरी पढ्न क्यालिफोर्निया गए पछि उसको कोठा नै मेरो अफिस र बेडरुम दुइटै भएको छ. आजकल त उसले पिंक रंगमा रंगाएको भित्ता पनि सुन्दर लाग्न थालेको छ .. बेडमा पल्टिएर नेपाल छोडेर अमेरिका पुगे सम्मका सबै घटनाहरु फिल्म चलेको जस्तै चल्न थाले, आँखा भरिएर आयो..

कता कता नेपथ्यमा गीत बजेको जस्तो लाग्यो :

मलाइ यो जीन्दगीले चोट दियो गनी गनी ...
कहिले चोट दियो आंफ्नो बनी 
कहिले चोट दियो पराइ बनी ..

***

"यार उत्सब, आउँन त अति नै मन लागेको थियो यो शनिवार रेजिको काम रहेछ

 

उत्सब जंगियो, "धत्, त्यस्तो भनेर पनि हुन्छ. एक बर्ष पछि बल्ल बल्ल भेट्ने मौका जुरेको छ. भाउजुलाई काम छोड्न भन न यार

 

मलाई मनै देखि दिक्क लागेको थियो उत्सवसंग गुनासो गरेर बस्न पनि मन थिएन, "हुन्छ, म कल गरूँला नि," भनेर अरु कुरा नगरी फोन राखिदिएँ 

 

उत्सवसंग त कुरा गर्न मन नलागेको मलाइ रेजिनासंग वादविवाद गर्न झन के रहर लाग्थ्यो र 

 

जान त उत्सब कहाँ एक्लै गए पनि हुन्थ्यो 

रेजिना नरिसाउने भए त एक्लै गए पनि हुन्थ्यो

समाज, साथीभाईले के भन्छन भनेर चिन्ता नलाग्ने हो भने त एक्लै गए पनि हुन्थ्यो

ढोंग गर्नु नपर्ने भएको भए त एक्लै गए पनि हुन्थ्यो 

 

उत्सबको घरमा हुने जमघट अब यस्तै भो. यो परिवार र समाजले म खुशी हुन लागेको कहिले पो सहेको थियो र आज सहन्छ

***
क्रमश: 


यो कथा, CL  को यो कथाको दोश्रो भागको प्रतिउत्तर हो  => (http://sajha.com/sajha/html/index.cfm?threadid=134152&noofposts=28)

सो कथालाई मैले पढेर रेकर्ड गरेको थिएँ 
(This is sajha exclusive - please don't share the video anywhere else.. YouTube मा होस्ट गरेको भए पनि त्यहाँ खोज्दा नभेटीने गरेर, unlisted, गरेर राखिएको छ) I won't do any more videos..

https://youtu.be/YGedpOQLtyo

अहिले सो कथा सकिएको छैन!
तेसैले, यसका अरु भाग सायद CL ले सो कथा लेखेर सकेपछि मात्रै लेख्न उपयुक्त हुन्छ होला ! 

Last edited: 21-May-21 01:20 AM
Read Full Discussion Thread for this article