काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३२ सय ५०,भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा मुलुकभर उपत्यकाका सहित ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ।
विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। ५१७ जना क्वारेन्टाइनमा रहेका छन्।
source: http://annapurnapost.com/news/179634