Posted by: crazy_love May 10, 2021
हेरेको तिमीलाइ आँखाले हैन।
Login in to Rate this Post:     4       ?         Liked by
भाग-४
जुनाले जिस्काएकी हो वा साच्चै भनेकी हो। मैले फेरी सम्झे उसको निलो आँखाहरु। फेसबुक प्रोफाइल चेक गरे, उसले प्रोफाइल फोटो चेन्ज गरेछ। अहिले उसको सिङल फोटो थ्यो। उसले किन फोटो चेन्ज गर्‍यो? के मोडेल जस्ती उसकी गर्ल्फ्रेन्ड उसलाई छोडेर गै? वा उसले जानी जानी आफ्नो ब्यक्तिगत जिबनको फोटो सामाजिक संजालबाट झिक्यो?

उसको केही पुराना फोटोहरु देखे, शायद साथीहरुसँग वा उसको आफ्नै परिवारसँग होला। एउटा फोटोमा एउटा केटा र एउटी केटी थी। उसको भाई बहिनी होला, ऊ बिचमा उभिएको थ्यो। त्यस्तै ऊ अर्को फोटोमा बुवा आमासँग थियो। राम्ररी हेर्दा उसको अभिभाबक र भाई बहिनी भन्दा ऊ बिल्कुल अलग देखिन्थ्यो। उनिहरु गोरा र अग्ला थिए। अनुहारको बनावट पनि अर्कै थ्यो। हम्बल को मात्र हाइट सानो थ्यो। उसको अनुहार पनि सानो र लाम्चो थ्यो। उस्को बुवा पनि डाक्टर थ्यो शायद। एउटा फोटोमा त्यस्तै सेतो कोट लाएर क्लिनिकमा बसेको जस्तो देखिन्थ्यो।

मलाई आफुसँग भाग्नु थियो। आफ्नो बर्तमान बाट टाढा गएर कल्पना लोकमा हराउनु मन थियो। "हम्बल" एउटा माध्यम भएको थ्यो। जुना बेला बेलामा मेरो मनको उडानमा हावा भर्ने काम गर्थी। तर ऊ बिल्कुल अन्जान थी मेरो मनको निराशा र एक्लोपनदेखी। ऊ ठट्टा गरिरहेकी थी। तर मेरो मनले ठट्टा गरेको थिएन।

केही दिन पछी म काममा जान थाले। जुनाले भएभरको कुरा गरी। उसको परिवारको खबर, कुन मान्छे राम्रो कुन नराम्रो, कसले काम राम्रो गर्छ, कसले गर्दैन आदी ! हामी मिल्ने साथी हौ, भौगोलिक दृष्‍टिकोनले ऊ अफ्रिकाको कुनै देशबाट अमेरिका आएकी हो। उसको देशमा धेरै मान्छे मारिए जिनोसाइडको कारण। उसको पनि परिवारका सदस्यहरु। त्यसैले ऊ परिवारको महत्व जान्छे। ऊ धेरै दयालु छे र सहयोगी पनि। तर कहिले काही उसले नसोचेको कुराहरु गर्थी। जस्तै उसको देशमा किशोरीहरुलाइ सानैदेखी लोग्नेलाई शारीरिक सुख दिनु पर्छ भनेर सिकाइन्छ। ११-१२ भएपछी आमा वा अरु परिवारका महिला हरुले किशोरीहरुलाइ आफ्नो गुप्त अङमा मालिश वा के हो गर्न सिकाइन्छ। त्यस्तो मैले कही सुनेको थिइन। उसको धर्ममा लोग्ने खुशी नभएमा अर्को श्वासनी बिहे गर्न पाईन्छ। त्यस्तै आमाले छोरी भर्जिन भए नभएको औलाले चेक गर्छन्। कती कुरा मलाई अचम्म लाग्थ्यो। जस्तोकी रक्सी छुनु पनि हुँदैन तर लोग्नेलाई खुशी पर्न जे पनि गर्नु पर्छ।

त्यसदिन "हम्बल" लाई मैले ढोकामा भेटेको थिए। उसले कपालमा कलर गरेकोथ्यो। हलुका सुनौलो अनी सिल्की कपाल।
"सन्चो छैन भन्ने सुनेको थे।" उसले ढोकामा बाटो छेकेको थियो।
"निको भए नि!"
"क्वारान्टाइनमा त बस्नु भएको हैन नि। कती धेरै दिन भयो तपाईंलाई नदेखेको।"
"हैन! रुघा मात्रै लागेको हो।" मास्क मिलाउदै मैले भने।
"अनी के छ अरु खबर तपाईंको?" हामी कुरा गर्दै हिड्यौ।
"के हुनु गोरु जस्तो पेलिएको छ। न आराम न बिदा। न ब्यक्तिगत समय। सबै समय यो अस्पतालले खाएको छ।"
"अहिले दु:ख गरेको फल पछी मिठो हुन्छ नि त!"
"जुन बेला सुख हुन पर्ने त्यो बेला नभए पछी पछी को के भरोसा?"
"अब कती बर्ष बाँकी छ?"
"३ बर्ष! "
"३ बर्ष बितेको पत्तै हुँदैन।"
"तर ड्युटिले गर्दा परिवारलाइ समय दिन पाइदैन। मेरो गर्ल्फ्रेन्ड रिसाउछे।"
"पेशा नै त्यस्तो रोजे पछी सबैले कुरा बुझ्नु पर्छ।"
"घरमा आमाबुवाहरुले त बुझ्नु हुन्छ तर जसले बुझ्नु पर्ने उसले बुझ्दिन।"
" बिस्तारै बुझाउनुस्, बुझिहाल्छे नि पछी।"
"खोइ मैले उसलाई बुझ्न नसकेको हो की, उसले मलाई?"
"कुनै पनि रिलेशनमा त्यस्तो खटपट भैहाल्छ नि।"
"तपाइको पनि त्यस्तो हुन्छ?" उसले अचानक कताबाट मेरो कुरा सोध्यो। म अलमल्ल परे।
"सबैको त्यस्तै हुन्छ। कुनै राम्रो हुन्छ कुनै हुँदैन।"
"सरी! मैले तपाईंको ब्यक्तिगत कुरा सोधे।"
"म त रिलेशनमा भएर पनि सिङल जस्तै छु।"
"कसरी?"
"म बिबाहित तर मेरो लोग्नेसँग सम्बन्ध छैन, जस्तो हुनु पर्थ्यो।"
"जब आफु खुशी छैन भने त्यस्तो सम्बन्धमा किन बस्ने त?"
"त्यही त आँफैले आँफैलाई सोधिरहेको छु। म बिबाहको यो खोक्रो सम्बन्धबाट निक्लिन चाहन्छु, तर फेरी अड्किन्छु।"
"जिन्दगी किन सरल हुँदैन। सिनेमामा जस्तो प्रेम, रोमान्स र विवाह वास्तविक जिबनमा किन हुँदैन?"
"शायद म आँफै मिस्फिट छु समाजले तोकिएको सम्बन्धमा!"
"तपाइ र मेरो कुरा मिल्यो जस्तो छ। म पनि त्यहिभन्छु विवाह जस्तो औपचारिकता किन जरुरी छ हाम्रो समाजमा। आखिर विवाह पछी पनि मान्छेहरु खुशी छैनन भने।"
"यो कुरा मलाई पहिला थाहा भएन। यदी थाहा भएको भए म बिहे गर्थिन।"
"मैले थाहा पाइसके। तर मेरो परिवार र गर्ल्फ्रेन्ड्ले बिहे गर्नै पर्छ भन्छन।"
"तर म बिहे गरेर पछुताउन चाहन्न।"
"तर तपाईंको गर्ल्फ्रेन्ड मान्दिन भनेको हैन?"
"उ सधैं कन्फुजड नै छे। कहिले आउछे कहिले जान्छे। अहिले पनि "ब्रेक" भन्दै गएकी छे।"
"हामी सबै कन्फ्युज्ड छौ!"
आज हामीले अली धेरै ब्यक्तिगत कुराहरु गर्यौ। शायद अलिकती नजिक पनि भयौ। कुरैकुरामा उसले आफुलाई कुनै अनाथलयबाट अहिलेको परिवारले हुर्काएको कुरा गर्‍यो। उसको जिन्दगी पनि शुरुमै चर्किएको रहेछ। उसले आफ्नो जन्मदिने आमालाई भेट्यो तर आमा ड्रग खाने रहेछ। उसमा सुरुमा चिन्ता, डर र निराशा थ्यो। तर ती सबैलाई जितेर ऊ डक्टर बन्यो। उसको कर्म दिने आमाबुवा एकदम गर्ब गर्छन् उसको सफलता देखेर। उसको बिचारमा सबैलाई अरुले माया गरोस्, ध्यान देओस र हेरोस् भन्ने चाहना हुन्छ। त्यसमा मैले पनि सहमति जनाए।

हामी "लिफ्ट" मा चढिसकेका थ्यौ। २-४ जना अरु मान्छे पनि हामीसङै चढेका थिए, उनिहरु ३-४ तल्लामा निस्किए। हामी गफमा मस्त भएर होला उनिहरुसँग सामान्य "हाइ" मात्रै गर्यौ। लिफ्टमा हामी दुई मात्रै थ्यौ, हाम्रो युनिट छैठौ तल्लामा थियो। पाचौ तलामा पुगेपछी "लिफ्ट"मा क्यारक्यार आवाज आउन थालयो, हल्लिएको जस्तो भयो। यो "लिफ्ट" महिनामा १ चोटि बिग्रेकै हुन्थ्यो, तर पछील्लो केही महिना राम्ररी चलेको थ्यो। मलाई डर लाग्यो। लिफ्ट हल्लिदा डरले मैले हम्बलको हात समाए, लिफ्ट झन हल्लियो, उसले पनि मेरो हात समायो। उसको मुख रातो रातो थियो, बत्ती झ्याप गयो। लिफ्ट ५-६ तल्लाको बिचमा अड्कियो।
सुनसान अन्धकारमा उसको र मेरो हातहरु कामिरहेको थ्यो। मैले मोबाइल खोजे, भेटे, मेनेजरलाई फोन गरे। मेनेजरले १०-१५ मिनेट धैर्य गर्नु भन्यो। डर भने दुबैलाइ लागेको थ्यो। हामी दुबैले सामान्य हुन जरुरी थ्यो।

"एकछिनमा बनी हाल्छ यो। उनिहरु प्रयास गर्दै होलान।" मैले भने।
"यो पहिला पनि बिग्रन्थ्यो हैन?”
"हो! तर २-४ महिनादेखी राम्रो चलिरहेथ्यो।"
"आज हामीले वास्ता पनि गरेनौ कुरै कुरामा। बिग्रेको थ्यो कि?"
"तर छिट्टै बनी हाल्छ।"
"छिटो नबनोस!"
"किन?" उसको हात एकदम तातो थ्यो।
"यहा केहीको हतार छैन।"
"अनी यही अन्तिम घडी भयो भने हाम्रो जिन्दगीको?"उसलाई तर्साउन मन लाग्यो।
उसले मलाई बिस्तारै तान्यो ऊ नजिक। अब हाम्रो शरीरको बिचमा एक धर्सो हावा पनि छिर्न सक्दैनथ्यो। मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो, तर मैले उसलाई रोकिन। उसको नरम ओठ्हरु मेरो निधार, गालामा, अनुहारमा मायाको फुलहरु बर्षाउदैथ्यो। म धेरैपछी पुरुष स्पर्श पाएर आनन्दित हुँदैथे। उसको ओठ्हरु बिस्तारै मेरो ओठहरुलाई चुम्न थाले, जवाफमा मैले पनि मायालु चुम्बन फर्काउदैथे ।मेरो शरीर झन्झनाउन थाल्यो। । म उसमा समाहित हुन चाहन्थे। हामी समाज, परिवार, नैतिकताभन्दा पर आफ्नो संसार बनाउदैथ्यौ, जहाँ मात्र माया थ्यो। सम्बन्धको रेखाहरु धमिलिएर एउटै सत्य बनेको थ्यो। "प्रेम" जसको कुनै सीमाना थिएन ! कुनै नियम थिएन, कुनै सम्झौता थिएन। न त थ्यो समाजले बनाएको पर्खालहरु। हामी दुई शरीरबाट एक आत्मा हुँदैथ्यो।
शायद हाम्रो जिन्दगीको त्यो अन्तिम पल थ्यो। हामी जिन्दगीको अन्तिम सम्झना सुन्दर बनाउदैथ्यो।

मेरो मोबाइल बज्यो, मैले वास्ता गरिन। मलाई यो अन्धकारबाट बाहिर उज्यालोमा जानु थिएन।

लिफ्ट अली अली फेरी हल्लिएको जस्तो लाग्यो। फेरी फोन बज्यो, यसपल्ट म नचाहिदै उसँग अलगिनु पर्‍यो। फोनमा मेनेजर थ्यो। लिफ्ट अब केही मिनेटमा चल्छ रे।

एकैचोटि उज्यालो भयो लिफ्ट। मैले उसको अनुहार देखे। उसको ओठमा मेरो लिप्स्टिक लतपतिएको थियो। मैले पुछी दिए। हामी दुबैले आफुलाई सामान्य बनाउदा बनाउदै लिफ्ट चल्यो।

लिफ्ट तल्लो फ्लोरमा रोकियो, हामी दुबै चुपचाप निस्कियौ। बाहिर मेनेजर र मेन्टेनेन्सको स्टाफ थ्यो। मैले उनिहरुलाई "धन्यबाद" दिदै बाहिर बङैचामा निस्के। ऊ कता गयो, मैले देखिन। बाहिर चिसो हावा चलेको थ्यो। अघी भर्खर ऊ र म बिच के के भयो म सम्झिदै रोमन्चित भए। कता कता सुकी सकेको नसाहरुमा रक्तसंचार भए जस्तो। मेरो शरीरमा अझै काउकुती लागिरहेको थ्यो। म बिनाकारण मुस्काइ रहेकी थे।

क्रमश:


Read Full Discussion Thread for this article