Posted by: logan April 28, 2021
Seeking some advise from Ramkumar
Login in to Rate this Post:     0       ?        
अल्पज्ञानम भायमकरी भन्ने सुनेको आफुलाई नै लागु भए जस्तो छ | आफ्नो २००५ को क्यामरि को एक्जस्ट लिक हुनका साथै स्पार्क प्लग फेर्दा कनेक्टर सबै तातोले नर्कट होइन झर्कट नै भै सकेका रहेछन ४ ओटै टुकीए पछि पार्ट किनेर जोड्दै थिए २ ओटा सम्म चै टेप टासे तेस्रो को पाला आफुलाई हेडमास्टर ठानी जोडेर गाडी स्टार्ट गरेको इन्जिन् त भुईचालो गए झैँ गरि हल्लियो अनि त इन्गीसन क्वाइल त ३० सेकेन्ड भित्र तातेर पग्लिन मात्रै बाकि थियो , टोस्ट भयो |
सेलाए पछि सहि तरिकाले वाइरिङ्ग गरे | हिचाकिचाई किचाइ चल्यो | तेश्रो मा प्रोब्लेम भएकोले पहिलो इग्निसन लाइ तेश्रो मा राखेर स्टार्ट गर्न खोजेको 3-४ सेकेन्ड भन्दा अघि बढेंन | अनि पूर्व अबश्था मा राखेर स्टार्ट गर्दा उही अबस्था छ |
कहिँ वायारनै टोस्ट भएका त होईनन ?
अहिले स्क्यान गर्दा p0351-०३५४ जम्मा ८ ओटा कोड देखाउछ | गराज लग्यो कि नाडी छामेको मात्रै ७५ मा चुना लागाउछन , अब कातिमा चुना लाग्ने हो ?
Read Full Discussion Thread for this article