Posted by: magorkhe1 April 24, 2021
डर लाग्न थालेको छ |
Login in to Rate this Post:     0       ?        
साझाको नसा अफिमको भन्दा पनि ठुलो छ | नामर्द र हुतिहारा हरु अध्यारोमा लुकेर पछाडी बाट छुरा हान्न पछिपर्दैनन | ( इनबक्स नया नया नाम बाट हरियो बास देखी आमा सम्मलाइ छुन छोडेनन भने बाउ लाइ भने छुदै छुएनन ), किनकी यो चक्रब्युह हो र सान प्रधान देखि बाहेक अरुको पहुच छैन | तेसैले जे जे लेखे पनि भयो भने सान प्रधान लाइ इनबक्स का कुरा मा कुनै चासो छैन किनकी यी व्यक्तिगत कुरा परे र उनले छुदै छुदैन | खप्न नसकी तेही कुरा कुराकानी मा ल्याउनु भयो वा टास्नु  भयो भने तपाइले प्राईभेट कुरा खोल्नु भएको, साझाको नीति बिरुद्दका कुरा आचार संहिता संग बाझिने हुनाले तपाइलाइनै साझा मा लेखन बाट बन्चित गराईन्छ | यो पनि एउटा अर्को डरको बिसय भएको छ | भन्छन नि टोले कुकुर हरु आपसमा खैला बैला गरे पनि टोले टोलेनै हुम भनि अर्को टोले बिरुद्द झुण्ड मात्र हॊइन नया आखडा र नया नया खाता खोलि संख्या बढाउन थाल्छन् र बक्षिम ( भुई बारुलो , जसले तोकेर गाइ बस्तु मार्न सक्ने क्षमता हुन्छ) खानीए झैँ खानिन्छन | काठमाण्डौ सहरमा ट्याक्सीले कसैलाई हिर्काए पनि वर्ग हितको संरक्षण को लागि कमाइ धमाई छोडेर ठुलो झुण्ड बनाइ उल्टो दोषि बनाएर मर्मत को पैसा पनि बटुलने परम्परा यो साझा मा पनि देखिन्छ| यो झुण्डको कर्तुत को अर्को डर थपिने मलाइ मात्र हो कि हजुर मुजीहरुलाई पनि हो ?
अब भन्नु होला किन हाम्लाई मुजी भनिस भनेर ? जनवरी ६ मा अमेरिकी संसद मा अमेरिकी झण्डा हल्लाउदै राष्ट्रबादि बनि आक्रमण गरेर पानि माथिको ओभानो बने ( ठुला रास्ताबादी बनि आकर्मण गरे ) भने तपाइँ हरुले त्यो मुजी शब्द अगाडि " हजुर " शब्द राखेको चै नबिर्सनुस होला | मैले पनि यहि साझा बाट सिकेको हु | " हजुर मुजी , हजुर मा-चि**ने" लेखेर अस्लिल शब्दको प्रभाब लाइ कम पार्ने काम हो भने मुजी त भनि हाले भनि " रति साधनम" को स्वर्गीय आनन्द मृग मरिचिका भन्दा फरक नभए पनि आनन्द भोगने काम अरुले गरे झैँ मैले पनि गर्दै छु | यो व्यक्ति बिशेषमा भर पर्ने कुरा हुन्, मेरो मात्र यस्तो धारणा हो वा हजुर मुजी हरुको पनि यस्तै छ ?
बटारिएको व्यक्तित्व ले बिभुसित गर्नु अघि आफ्नो ब्यक्तित्व को बिकास र सृजना गर्न छोडेर अरुको नाम मा पुच्छर थप्ने हरु संग झनै डराउनु पर्ने भएको छ | यस्तालाई भनिन्छ आफ्नो जिउको भैसी नदेख्ने अरुको आङ्ग को जुम्रा पनि देख्न सक्ने क्षमताबान ब्यक्तित्वका लौह पुरुष हुन् | तलाई खाने बाघले मलाइ पनि खान्छ भन्ने उखान बिनिसित्तई आएको होईन , ग्यान भया |
बर्स दिन नाघ्यो डबल मास्क लागाएर काम र बाहिर गईयो अनि साथमा स्यानो प्याकेटको जेल पनि बोकियो र बेला बेलामा हातमा लागाएर आफन्तलाइ माथि पुर्याएको आफु चै नपुगुम भनेर डरै डरमा बर्स दिन पनि नघाईयो भने सुई खोपाई पछि अलिक राहत पाईएको छ | सबै भन्दा ठुलो डर त अतिथिले बोकेर आउने हुन् कि भन्ने ठुलै डर थियो , मै जस्ता डरपोक हरुलाई अथितिले सारेका कुरा सुन्दा के हालत भयो होला बिना तिथिका अतिथि घरमा देख्दा ? पहिले पनि अतिथि को धेरै गुण गान भएका छन् मैले थप्नु पर्दैन होला?
एउटा कोवरकर ३ घण्टा पछि काममा झुल्कियो के भए छ भने उसको गाडीमा चेक इञ्जिन लाईट आएको काम भएर अटो गराज तिर हानिएछ, ३ घण्टा पछि साचो र ६० को बिल थमाउदै " यु आर अल सेट" भने पछि खुसि हुदै काम आयो | उसलाई पनि त्यो चेक इञ्जिन लाइटले कहिँ गाडिमा तल माथि भएर मारिने हो कि भन्ने डरैले होला, काम भन्दा अघि गराज तिर कुद्यो | भएको के होला भने ग्यास हालेर बिर्को राम्ररि क्लिक को आवाज नआई छोडेको कारणले खतराको जानकारी ड्यासबोर्डमा आएको होला | कुनै बेला कोईराला ज्यु को शत्रु नामक कथा पढेको थिए हजुर मुजीहरु कसैले पढ्न भ्याउनु भएको छ ? यदि भ्याउनु भएको भए मेरो कुरा बुझ्न धेरै दिमाग खापाउनु परछ जस्तो लागदैंन |
अस्तु :
Last edited: 03-May-21 11:55 AM
Read Full Discussion Thread for this article