Posted by: salamkrishne April 4, 2021
महन्त ठाकुर, पहिलो मधेसी प्रधानमन्त्री !!!
Login in to Rate this Post:     2       ?         Liked by
केही समय पहिले मैले आनन्द नेपाल जी को थ्रेड मा यसपाली महन्त ठाकुरलाई pm बनाऊ न त भनेर प्रस्ताव गरेको थिए । त्यस्तै प्रस्ताव डा सुन्दरमणि ब्रो ले पनि गरेका थिए । हाम्रो कमेन्ट ओली जी सुनेजस्तो छ ।

उत्पात राम्रो नगरे पनि कुनै नराम्रो पनि गर्ने छैनन् यिनले । कति मान्छे जो पहाडिया बाहुन क्षेत्री राष्ट्र बाद नै नेपाली राष्ट्रियता को मानक हो भन्ने विश्वास गर्छन् (हुनत ओली पनि त्यही category का हुन, त्यसैले मधेसीलाई pm बनाउन तयार हुने कुरामा संका छ), तिनलाई महन्तलाई pm बनाउँदा उल्कापात हुन्छ भन्ने लाग्ला । सुर्ता मान्नु पर्दैन ब्रो हरु, प्रमाण बिनाको "१० लाख भारतीय लाई एकै पल्ट citizenship दिइयो " भन्ने वाहियात कुतथ्य को आधारमा धेरै narrative बनाइएका छन् । अनि यिनी एक्लैले कुनै ठूलो काम गर्न सक्ने पनि होइनन्, संसदमा दुई तिहाई नभई ।

"राष्ट्रपति, सभामुख, प्र न्याय आदिमा minority बाट भए पनि chief executive भएको छैन" भन्ने हरुलाई पनि उत्तर हुन्छ । हुन् पनि हाम्रै हर्के ब्रो ले भने जस्तै औसतमा दलित जनजाति महिला हाकिम वा मन्त्री भएको विभाग वा मन्त्रालयमा तुलनात्मक रूपमा राम्रो काम भएका छन् । औसतमा भदैछु है । सबैको जिम्मा त लिन सकिँदैन । राजनीतिमा मात्र होइन अरु ठाउँमा पनि, अवसर नपाएका लाई फगत अवसर दिने लक्ष्य मात्र होइन, उनीहरूलाई उपयोग गरी विकास गर्ने कुरा हो । खेर गएको resources उपयोग गर्ने कुरा हो यो ।
Read Full Discussion Thread for this article