Posted by: Bennedict March 12, 2021
घर..
Login in to Rate this Post:     0       ?        
जेकेजी,
मलाई तपाईंको लेखाइ मनपर्‍यो। लेख्दै गर्नुहोला। तपाईंले अर्थ खुल्याएपछी मैले धेरै कुरामा relate गर्न पुगे भनौ। मैले कुनै बेला history र social sciences जस्ता क्लासहरु लिएको थिए र जब हामीले कुनै पनि ठाउँ, कुनै पनि समयको history किन पढ्नपर्छ भन्दा जसरी तपाईंले कबिताको भाव प्रश्ट्याउनु भयो, त्यसरी नै हामीलाई बुझाइएको थियो। हामी अहिले किन यस्तो छौ र किन यस्तो समयबाट गुज्रिराको छौ भनेर बुझ्न हाम्रो history कोट्याउनुपर्ने हुन्छ। र तेस्तै अहिलेको बर्तमान स्थितिले भविश्यलाई interpolate पनि गर्न सकिन्छ। abstract लेखाइले धेरै कुराहरु सोच्न वाध्य बनाउछ अनी फेरी तपाईंले निर्जिब बस्तुहरुमा सजिबताको चित्रण गर्नुभाको उल्लेखनिय छ। मेरो लेखाइ चै छणिक रमाइलो, घोच्पेच र ब्यङमा सिमित भएको छ, खैर।
Read Full Discussion Thread for this article