Posted by: Logan ko bhatij March 11, 2021
Login in to Rate this Post:
1
?
Liked by
मेरो भान्जो १७ वर्ष को छ. बाउ आमा चिकित्सक हुन्. तर उसलाई चिकित्सा सम्बन्धी पेशा त्यति मन नपर्ने हुना ले म सित सलाह मशवरा माग्छ. आफु परियो सप्लाई चेन पट्टी,आफ्नी श्रीमतीको लेखा सम्बन्धी काम छ. STEM र Technology को केही ज्ञान छैन. कसैले उसलाई डाटा इन्जिनियरिङ्ग को सलाह दिन्छ, कसैले मेशिन लर्निङ या आर्टिफिसियल इन्टेलिजेन्स को. यी सबै के हुन् मेरो दिमाग ले भ्याउँदैन. पढ्न मा अव्वल छ तर भारतीय हरु को तुलना मा पर्दैन. फेरी एउटा प्रेमिका छे, निकै सम्भोग गर्छ जस्तो पनि लाग्छ. यसो काम वासना ले गर्दा मामा जस्तै विक्षिप्त भयो भने बिचरो को भविष्य अन्धकार हुन्छ. त्यसैले यहाँ का बुद्धिजिवी हरु ले बाटो देखाइदिए म तपाईं हरु को नाम को माला जप्थेँ, मेरो आफ्नो छोरो पनि ८ वर्ष को छ, त्यो सलाह उसलाई पनि पछि गएर काम लाग्न सक्छ.