Posted by: Logan ko bhatij March 9, 2021
मेरा माता पिता
Login in to Rate this Post:     1       ?         Liked by
मेरी माता पिता लाई हरेक वर्ष नेपाल नगै हुँदैन. २०२० मा जान पाइसेन. निकै महिना देखी उकुस-मुकुस भैरहेको थियो. हिजो दिउँसो फाइजर को दोस्रो खोप लगाउन साथ मेरी दिदी र मलाई किच किच गरेर टिकट काट्न लाइस्यो. सस्तो भेटियो, किनियो, अर्को महिना उड्ने. तर केही नातेदार ले अमेरिकी नागरिक लाई विसा नलीइ छिर्न दिंदैन भनेर भने. रिसर्च गर्दा नेपाल मा जन्मेका अमेरिकी नागरिक लाई नपर्ने रैछ. म पापी दोधार मा परेँ. दुवै जना सित केही वर्ष देखी अमेरिकी पासपोर्ट छ. उमेर दुवै को ६५ देखी ७० हो. के नियम कानुन छ यसो कसैले कष्ठ गरेर अर्थ्याए वहाँ को नाम को नरिवल फोड्थेँ.

अरु कुनै फर्म भर्नु पर्छ की, त्यो पनि बताइदिए धन्य हुन्थेँ.
Read Full Discussion Thread for this article