Posted by: Logankobaje February 16, 2021
दुर्लभ पुराना गीतहरु !!
Login in to Rate this Post:     0       ?        
ओहो, डेके जत्तिको पुराना telefilm मा ज्ञान/चाख भएको व्यक्ति आज पहिलो पल्ट देख्दै छु । तपाईले भन्नु भएका प्राय सबै मैले हेरेको छु । त्यो ढुंगा वाला si -fi हेरेर त म तर्सेको । मूजि कति दिन सम्म राती सपनामा नि तेही आउने । " पंचम " हेरेको छु तर सारभूत कथा बिर्से । "टाढाको बस्ति " सबै भन्दा आतमियेता जोडिएको सिरियल । यो सिरियलले मलाई येति krazy बनायो कि, म यो सिरियल को video लिन नेपाल टेलिभिजन पुगे । "तपनाथ शुक्ल" भन्ने GM ले मलाई थर्काएर पठायो, पछि मूजि "power " लाएर त्यो सिरियलको केहि भाग लिन सफल भए , घराँ अझै छ , मूजि नेपाल गको बेला YouTube upload हान्दिन्छु, copyright लाग्छ होला ।

"चक्रबिउ " पनि कृष्ण मल्ल दाई को ऑल time फेव । कृष्ण मल्ल लाइ यो you tube मा राख भनेको बुढाले टेड पुच्छर लाएनन । " अनुराधा " त you toube मा छदै छ । बिना बुढाथोकी बस्नेत को " धन मन " ।

चतुरेको दाउपेच सुनिल पोख्रेल ( सुगम पोखेरल को दाई ) को सिरियल हो । कुनै दिन योनि you tube मा अउला । "युग देखि युग सम " सरोज खनाल को। " सनाई रोहि रहेछ " दीपा श्री निरौला । " कालि गण्डकीको सेरोफेरो , अविरल बग्दछ इन्द्रावती " , " श्रीमान श्रीमती ' आदि आदि ।
Read Full Discussion Thread for this article