Posted by: salamkrishne January 27, 2021
Banned ! रवि लामिछानेको बाङ्गो कुरा
Login in to Rate this Post:     1       ?         Liked by
हुनत आफूलाई ठीक लागेको कुरा नै pick गर्ने हो। तर आनन्द जी लाई मैले रविलाई ciaa संग दाजेको र रूप चन्द भनेको मन परेन होला, obviously मन परेन, बुझिन्छ ।
कोही पनि मान्छे perfect हुन्न। रविको दुइटा मात्र होइन, तीनवटी श्रीमती, औपचारिक अनौपचारिक । अमेरिकन केटी संग जन्मेको छोरो र आमा त राजी खुसीले संपर्क मा छैनन भनेको होइन । तिनी संग सम्पर्क भए पछि नै नेपाल बाट श्रीमती र छोरीहरू अमेरिका लगेको भने पछि "आठ दस वर्ष छुट्टै बसेको सम्पर्क नभएको अवस्थामा व्यावहारिक हिसाब को डिभोर्स मानिन्छ" भन्ने कानुनी प्रावधान पनि रविको irresponsible and unaccountable behavior लाई justify गर्न सहायक हुँदैन । तेती हुँदा हुँदै पनि अहिलेको काम ले मुख्य रूपमा सरकारी अफिस हरुमा काम गर्नेहरू बीच एउटा accountable भयेन भने एक्सपोज भइन् सक्छ है भन्ने एउटा level को चेत वा डर- जसले long term मा कारिन्दा बीच बानी नै सुधार्ने सम्मको काम गर्न सक्छ । यो कुरो चानेचुने होइन । हास्व्यङ्ग्य को माध्यम बाट जन चेतना बढाउनमा अरबौं खर्च गरिएका donor funded परियोजना भन्दा मह का कार्यक्रम प्रभावकारी भए जस्तै, जनचेतना र उत्तरदायित्व याद दिलाउने सन्दर्भमा रविको पनि महत्वपूर्ण भूमिका छ जस्तो लाग्छ ।
Read Full Discussion Thread for this article