Posted by: Logankobaje January 17, 2021
एउटा गम्भीर प्रस्न ?????
Login in to Rate this Post:     2       ?         Liked by
केहि दिन यता एउटा प्रस्नले मनमा ढ्यांग्रो ठोकेको छ , नसोचौ भने नि दिनमा ८ १० पटक यो प्रस्नले दिमाग हान्छ। प्रस्न बढो जटील छ , मूजि अस्तिको जस्तो १ प्लेट म:म कि २ प्लेट म : म भन्ने होइन, यो मूजि राजनतिक प्रस्न हो । नेपालको राजनीति संग बाख्रो बेचेको सम्बन्ध छैन तैपनि जरो किलो उतैको भएकोले बिकसित घटनाक्रमले ध्यान केन्द्रित गरि हाल्छ । म अलिक "जरा हट्के" तालको छु, अरुले सोच्दै नसोचेको बिसएमा मेरो मनमा बाद विवाद चलि रहन्छ ।

मूजि ओलीबाले धारा ७६ को उपधारा ७ प्रयोग गरेर संसद बिगठन गरिदिए, संसद नभए पछि २ वर्ष सत्तामा राज गर्ने ओलीबा नै हुन् । अदालतमा बिगठन बिरुद्ध मुद्दा परे पनि जित्ने ओलीले हुन । एस्तो नहोस तर चुनाब हुनु अघि प्रधानमन्त्री लाई तल माथि केहि भई हाल्यो भने के हुन्छ? अर्को कर्येकारी को हुन्छ? नेपालको संबिधानमा रास्ट्रपति नभए उपरास्ट्रपति कर्येबाहक हुने बेवास्था छ, प्रधानमन्त्री लाई केहि भई हाल्यो भने संसदले अर्को प्रधानमन्त्री चुन्ने भन्ने बेबस्था मात्र छ तर मूजि संसद नै बिगठन भएको अवस्थामा कसरि अर्को प्रधानमन्त्री चुन्ने । तेतिन्जेल कसले देश चलाउने ? कार्यबाहक प्रधानमन्त्रीको बेवास्था छैन , उप प्रधानमन्त्री ३ ओटा छन् कसलाई र कसोरी कर्येबाहक बनाउने ? एउटा लाई छान्दा अर्का २ जना कुटा कुट गर्ने डर ।

किन नभाको त कार्येबाहक प्रधानमन्त्री को बेवास्था ?
मूजि नया संबिधानले समय अघि संसद बिगठनको कल्पनै गरेको छैन, प्रधानमन्त्री मर्यो अथवा काम गर्न नसक्ने भयो भने उपप्रधानमन्त्री लाई १५ दिनको लागि कार्येबाहक दिने र पन्द्र दिन भित्र संसदले नया प्रधानमन्त्री चुनि सक्नु पर्ने बेवास्था छ ।

जीवन मृतु कसैको अधिनमा छैन, भबितब्य जसलाई नि हुन सक्छ । संसद बिगठन पछि प्रधानमन्त्रीलाई केहि भई हाल्यो भने ठुलो दुर्घटना हुने देक्छु , गृह युद्द, सैनिक सासन देखि भारतमा गबिने खतरा ।

Read Full Discussion Thread for this article