Posted by: AnandNepal January 13, 2021
Nepali Story - Sunkeshari Maiya ko Katha
Login in to Rate this Post:     0       ?        
अब अर्को कथाको पालो - अनौठो खालको कथा रहेछ

** हेत्छाकुप्पाको कथा **

आमा बाबु दुबै बितेपछि हेत्छाकुप्पा सानैमा टुहुरो भयो। उसको घरमाउ र उसका दुइ दिदिहरू तायामा र खियामा मात्रै थिए। बाबु आमा बाबु नभएको यो परिवारलाइ चाक्लुङ्धिमा राक्षसनिले निकै नै दुख दिएकि थिइ। त्यो राक्षसनिले उनिहरुको खेतबारिको अन्न त खाइ खाइ र भकारिमा भएको सबै अन्न पनि खाएर सकिदिए पछि उनिहरू भोकभोकै भए।
"दिदि मलाइ असाध्यै भोक लाग्यो," हेत्छाकुप्पाले भन्यो।

हुन त, दिदिहरु पनि त भोकै थिए। तर, उनिहरुले "भोक लाग्यो," भनेर भन्ने पनि कोहि थिएनन।

दिदिहरु जङ्गल गए र त्यहाँबाट खोक्लि साक्लि र गिठ्ठा भ्याकुर ल्याएर भाइलाइ खुवाए। तायामा र खियामाले बाँकि रहेको खोक्लि साक्लि र गिठ्ठा भ्याकुर आँफु पनि खाएर बाँचि रहेका थिए। तर, चाक्लुङ्धिमा राक्षसनिले यो कुरा थाह पाएपछि खोक्लि साक्लिलाइ पाताल भसाइ दिइ। गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खान नहुने तितो बनाइ दिइ। खानै नसकिने भएपछि, अरु केहि पनि खानेकुरा नपाएपछि दिदिहरुले नजिकै फलेका ऐसेलुको रस ल्याएर भाइलाइ खान दिन थाले तर। तर, ऐसुलुको रसले मात्र भाइ बाँचाइ राख्न नै गाह्रो भयो। अब के गर्ने होला भनेर दिदिहरुलाइ फसाद पर्यो।

नजिक कुनै पनि खानेकुरा नभए पछि खोज्न टाढै जानु पर्ने भयो। त्यसबिच भाइलाइ भुलाइराख्न उनिहरुले बुचुकुलकुमा एउटा खानेकुरा उसिन्न राखेर अरु खानेकुरा खोज्न भनेर टाढा टाढा गए । बुचुकुलकुमा उसिनिरहेको त्यो गोलो गोलो चिज कुन बेला पाक्छ र खाउँला भनेर हेत्छाकुप्पा हेरि रहेको थियो। एकछिन पछि उसले पाक्यो कि भनेर छाम्यो एकदमै कडा थियो, पाकेकै रहेनछ। एकछिन पछि फेरि, पाक्यो कि, भनेर छाम्यो तर पाकेकै रहेनछ। हेत्छाकुप्पा यता उता खेल्यो अनि फेरि आएर पाक्यो कि भनेर छाम्दा पनि पाकेकै रहेनछ। उसलाइ भोक लागिसकेको थियो, दिदिहरु पनि अरु खानेकुरा खोज्न भनेर हिँडिसकेका थिए।

खासमा, खानेकुरा केहि पनि नभएको हुनाले दिदिहरुले भाइलाइ झुक्याउन ढुंगाको लोहोरोलाइ पो उसिन्न राखिदिएका रहेछन। ढुंगा के पाक्थ्यो, तेसैले कुर्दा कुर्दा भोकले निराश भएको हेत्छाकुप्पा त्यहिँ लड्यो। उ लड्दा उम्लिरहेको तातो पानि उसको कोमल जिउ भरि पोखियो। भोकले आत्तिएको, खान नपाएर निराशामा चुर्लुम्मै डुबेको हेत्छाकुप्पालाइ त्यसपछि कहिल्यै खानु परेन। किनकि, केहि क्षणमा नै उसको प्राण पखेरु उड्यो।

उता दिदिहरु, तायामा र खियामालले दिनभर जङ्गलमा खानेकुरा खोजे। घर नजिकका सबै खानेकुर चाक्लुङ्धिमा राक्षसनि बिल्लुप्त पारिसकेकि थिइ। धेरै पर पुगेपछि उनिहरुले बल्ल बल्ल बनकेरा फेलापारे। हिँड्दा हिँडदा लखतरान पर्दै घर आइपुग्दा घरमा भाइ हेत्छाकुप्पा भने मरिसकेको थियो।

त्यति दुख गरेर ल्याएको बनकेरा खान नपाउँदै आँफ्नो प्यारो भाई हेछाकुप्पा त्यसरि मरेको देखेर उनिहरु अति नै दुखित भए ।

(क्रमश:)
Read Full Discussion Thread for this article