Posted by: Logankobaje January 11, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     1       ?         Liked by
म चुपचाप कतै कहानी भएँ धमिलो धमिलो बिहानी भएँ । मूजि जनै खटिरा जस्ता फोके समस्याका चाङ्ग छन् । हो, मूजि समस्या ठ्याक्कै जनै खटिरा जस्तै छन् , न मूजि ति ठुला छन् न नजरअन्दाज गर्न सकिने गरि साना छन् । मन भित्र गुमसाहट छ , छटपटी छ बेचैनी छ , कसैलाई भनौ आफैलाई थाहा छ समस्याको समाधान छैन नभनौ आफ्नै मन भित्र अन्तरद्वन्दको ज्वारभाटा छ ।

मलाई चिक्ने एउटा समस्याले ज्यादै पिरोली रहेको छ । मूजि समस्या नि होकी होइन थाहा छैन । आफ्नो समस्या धेरै चोटी साथीभाइ माझ राखे , सहयोग त के कसैले मेरो समस्या बुज्दा पनि बुझेनन् । जिन्दगिमा भएका थोरै समस्या मध्ये पिरोली रहने र दोहोरि रहने समस्या हो यो मेरो ,समस्या मो :मो सम्बन्धि छ । हो मूजि मोमो खान जादा सधै मन भित्र एउटा अन्तर-द्वन्द हुन्छ मेरो । बिगत १५ वर्ष देखि यो समस्या बाट ग्रसित छु , आक्रान्त छु । मलाई मूजि एक प्लेट मो :मो ले पुग्दैन, २ प्लेट धेरै हुन्छ । समस्या नै येही हो । एक प्लेट खायो भने भोक मर्दैन , झन् मूजि स्याउ स्याउ हुन्छ अनि अर्को प्लेट अडर गर्छु ३ ओटा खाए पछि अर्को निल्न सक्दिन । यो समस्यामा अर्को सहायक समस्या थपिएर आएको छ । म मूजि खाना फाल्न सक्दिन । यो मेरो संस्कार हो कि खानदानी परम्परा हो थाहा छैन , खाना फाल्नै सक्दिन , कुनै चिक्नेले खाना फलेको देख्यो भने बंगारा झार्दिम जस्तो हुन्छ ।

कति चोटी त बाकी खाना ( ५ पिस मो:मो ) प्याक गरेर घर ल्याको छु , फेरी मुजी खान जाने भनेको कित परिवार कित साथी भाई संग हो , यो मूजि लेफ्टओभर ४ ५ पिस मोमो प्याक गर्न पनि सान्धर्बिक नहुने , साथी भाई, परिवारले नि अलिक फरिक तरिकाले हेर्ने , ५ पिस मो:मो प्याक गर भन्दा वेटरले नि पुलुक्क हेर्छ। मूजि लोभ भनौ भने ३० % तल टिप्स कैले देको छैन जस्तो लाग्छ ।

नेपाली भएको नाताले आक्कल झुक्कल नेपाली रेस्टुराँ गइन्छ, गए पछि खाने तेही मोमो हो । चिक्ने मोमो अडर गर्नु आघिनै आफ्नो मनमा ठुलो अन्तरद्वन्द चल्छ ।
Read Full Discussion Thread for this article