Posted by: Bennedict December 22, 2020
ठुलै बिजय प्राप्त भयो |
Login in to Rate this Post:     2       ?         Liked by
लोगनजी, तपाईंको ब्यङमिश्रित लेखको जवाफ दिदै छु। 

# सर्वप्रथम मलाई लाइक पाएर तपाईंले भनेको जस्तो कुनै दिग्बिजय भएको भान पट्टकै भएको छैन। म साझा चेक गर्छु तर घण्टौ यहाँ ढुकी बस्न म सक्तिन। जिन्दगीमा अरु पनि कुरा छन नि हैन र? 

# मेरो धागोमा तपाईंले लेख्नुभाको उत्तर मैले मेटाएको कदापी छैन, तपाईं फेरी एक्चोटी गएर चेक गर्न सक्नुहुन्छ, शायद तपाईंले पोस्ट गर्दा केही मिस्टेक गर्नुभो होला, तपाईले लेखेको कुरा आएनन होलान। र यस्तो घटना पहिले नि भाको हो तपाईंको साथ। हामी कसरी भुल्ने तपाईंले "भिनाजुको सुरुवाल मुत्नेहरु" जस्तै गरी लेख्नु भाको अर्को लेख तपाईंले पोस्ट गर्न नसकेर बिचैमा हराको र तपाईंले साझाको मोडरेटरलाई गुहारेको, हामी सबैलाई सर्वबिदित छ। र मैले तपाईंको भिनाजुको बारेमा गरिएको उत्तरको जवाफ त्यहा नै फर्काइसकेको छु। मेरो दिमाग सुक्ष्म चै छैन होला है। 

# साझामा आउने सबै "तीसमार खान या तीरमान खान" हरु खोज्ने कुरा प्रयास एउटै होला नि हैन र? तपाईं चै आफुलाई कुन श्रेणिमा राख्नुहुन्छ त्यो तपाईंलाई थाहा होला।  

# अण्डिजीसँग भिडन्त हुन्थ्यो र उहाको बिदाबारी पछि मैले नयाँ शिकार खोजेको जस्तो तपाईंलाई लाग्नु तपाईंको दरिद्र सोच होला। मेरो काम साझा आएर बिना अर्थ झै-झगडा गर्नु भन्ने हैन। 

# मैले तपाईंको प्र्श्नको उत्तर तेही लिन्कमा दीईसकेको छु, कृपया फेरी चेक गर्नुहोला। 
javaskript:nicTemp(); 

एउटा कुरा भनौ, तपाईंको पोस्टहरु सधैं tauntले भरिएका हुन्छन, केटामान्छे भर यसरी कुरा गर्नु सुहाउदैन, सिधा कुरा गर्नुस् किन बङग्याइ बङ्याइ कुरा गर्नुहुन्छ, तपाईंले याद गर्नु भाको छ होला, तपाईंको पोस्टमा नास् सर बाहेक कमैले जवाफ दिएका हुन्छन, किन भने तपाईंको vibes साचै भन्नुपर्दा unfriendly छ, सरी मैले पहिले पनि यो कुरा राखिसकेको थिए तर नास् सरसँग एउटा फोटोको बारेमा यत्रो चित्त दुखाइ गरेर हिमाल पहाड गर्नुभो तेसैले म यो कुरा फेरी भन्दैछु, तपाईंलाई नराम्रो लागे, आइ एम सरी। फेरी तपाईंको चित्त दुखाउने मेरो उद्देश्य हैन है, किन भने हामी सबैमा केही न केही खराबी हुन्छ हुन्छ। तर त्यो खराबी चिन्न सक्ने छमता राख्नु ठुलो कुरा होला नी हैन र?

Last edited: 22-Dec-20 07:10 PM
Read Full Discussion Thread for this article