Posted by: The Thamelean December 20, 2020
साझामा 'One of my friend...' प्रबृत्ती
Login in to Rate this Post:     1       ?         Liked by
खै, मलाई मात्रै हो कि के हो, यो साझामा मानिस हरु किन 'one of my frdiend' भनेर सुझाब माग्छन्, मैले बुझ्न नसकेको कुरो ? हुन त मलाई यसमा टाउको दुखाइ केहि छैन तर यो 'मोही माग्ने ढुङ्रो लुकाउने प्रबृत्ति' चाही अनौठो छ है । साझाले आफ्नो सक्काली परिचय लुकाउने प्रसस्त मौका दिएकै छ तर किन आफ्नै समस्या लाई पनि 'अर्काको' भनेर देखाउने पर्ने होला, ए रात्तै! इनिहरुको post पढेर एस्तो लाग्छ, इनको आफ्नो समस्या भनेको केहि छैन, खाली अरुको समस्या हलको लागी स्वयमसेवा गरिरहेका छन ।
अनी यिनका 'friend' bhanaauda चाही कस्ता होलान..... ? आफ्नो समस्या को सुझाब्को लागी आफुले नसकेर साथी लाई नै गुहार्नु पर्ने? अमेरिका मा बसिएको छ, एसो कम्प्युटर को बारखरी त सिकौन प्रभु! तेसो गर्न नसकिए पनि साथिलाई गुहार्नु भन्दा त आफ्नो छोरा नाती लाई नै मद्दत माग्दा बेश होईन र ?
सबैको धन्य होस ।
Read Full Discussion Thread for this article