Posted by: Bennedict December 17, 2020
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
Login in to Rate this Post:     2       ?         Liked by
स्वास्नी त कमरेड अर्कैको ठीक
कस्तो हो सोच? कस्तो हो बिचार ?
अर्काको भाग पनि खोस्ने र हडप्ने
कस्तो हो यो ब्याभिचार?

लेखाइले त लाग्छ हामीलाई
गएका छौ स्कुल र कलेज
तिम्रो त्यो लोइ-मुत्ते चित्रणलाई
अझै पुगेनछ सामाजिक नलेज

तिमी जस्तै पाखण्डिले हो
हामी हराउदै छौ हाम्रो धरातल
पुरुष भएर स्वास्नीको पैसा खानु
नामर्दलाई मात्र लाग्छ तलतल

अर्काको जुठो खाएर मस्ती गर्नु
त्यो पनि झुक्काइ झुक्काइ
यसमा के को हो पुरुषार्थ?
अबुझ तिम्रा ती बुझाई

छोडेकी स्वास्नी, मेरी छम्मा
भन्ने तिमी नै हो त्यो निकम्मा
ल्याकत भए बिहे नभाकी ल्याउ
कि त कुर्नु पर्ला अर्को जन्म?
Read Full Discussion Thread for this article