Posted by: Bennedict December 17, 2020
साईली
Login in to Rate this Post:     2       ?         Liked by
मेरो केही सुधार थप्दैछु। मलाई यसको मुल सार चै मनपर्‍यो।


खोला तरे, सागर तरे,
संघार तर्न गाह्रो भो
सैयौ चोटि मारिएको सांस,
अब फेर्न गाह्रो भो
जिन्दगी यो बग्यो मात्र त्यता
भेल बाढिको जात्रा बग्यो जता
बहिरहे, सुसाइरहे,
अन्तराल बगिरहे।

पाइलाहरु चलिरहे,
ठेगाना पाउन गाह्रो भो
टुक्रा टुक्रा भएका सपनाहरुले
महल सजाउन साह्रो भो
सिमलको भुवा उड्यो
जता हावाको बेग चल्यो
उडिरहे, चलिरहे
निस्तेज घुमिरहे।
Read Full Discussion Thread for this article