Posted by: loganko vinaju December 14, 2020
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
Login in to Rate this Post:     4       ?         Liked by
न सारी पाइन भन्ने कचकच,
न दारी बिझायाे भन्ने खसखस,
न घर ढिलो अाइस् भनेर झगडा,
न अर्की जिस्काइस् भनेर लफडा,
तन टाढा भए नि मन नजिक !
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!

अफिस गयाे, हस्ताक्षर दन्कायाे,
फाेन गर्याे, पाेइ बाहिर छ भन्ने पत्ता लगायाे,
उनकाे काेठामा पुग्याे, मासु चिउरा खायाे,
टिभीकाे आवाज बढायाे, तबला बजायाे,
मान्छेलाई मंसिर, कुकुरलाई कात्तिक,
स्वास्नी त कमरेड अर्कैकी ठीक !!

शेयर किन्छिन्, मलाई नै फाइदा !
सर्वस्व दिन्छिन्, मलाई नै फाइदा !
स्वास्नी अर्कैकी, खर्च अर्कैकाे,
मैसँग आउँछिन्, मलाई नै फाइदा !
उसकाे पाेइकाे खर्चमा विश्व घुमियाे,
अमेरिका पुगियाे, KFC खाइयाे,
रसिया पुगियाे, भाेड्का चिरप्याइयाे,
दुबई पुगियाे - उँट चढियाे,
युराेप घुमियाे, काखैमा लडियाे !
भुक्का लागे भन्न पाइयाे - बेबी ! पैसा झिक !
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!

हदै भए, उसकाे पाेइले छाेडिदिन्छ,
डिभाेर्स गर्छ, आधा सम्पत्ति दिन्छ !
छाेडेकी स्वास्नी, मेरी छम्मा !
आधा सम्पत्तिसहित छाेड्याे, त्यसकै बुढाे निकम्मा !
मेरै हातमा चाबी, मेरै हातमा ताला,
अघाेषित स्वास्नी, विना बरमाला !
निहुँ खाेज्नेले भेट्छन्, कार्यकर्ताकाे किक !
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
Read Full Discussion Thread for this article