Posted by: thankeshwor November 27, 2020
tps to citizenship , कति सम्भब ?
Login in to Rate this Post:     0       ?        
भाया,

एकदम सम्भव छ, ५०% ५०% प्रोबबिलिटी छ । biden साप ले काम सम्हालेको पहिलो दिन मै ११ million undocumented ( including daca tps ) लाई express citizenship को path मा लाने कागजमा हस्ताछेर गर्ने घोसणा गरि सक्नु भाको छ । वहाको यो proposal स्वीकृत हुने या नहुने December मा Georgia मा हुने चुनाबले तय गर्ने छ । ऐले सम्मको पोल हेर्दा republican को kelly loeffler फेरी दोहिरिनी देखिएको छ भने अर्को republican david perdue भारी मात ले पराजित हुने आकलन छ ।

पोललाई आधार मान्ने हो भने पनि republican ले १ सिट होल्ड गर्दा पनि उनीहरुको senate मा मजोरिटी हुने छ र tps साथीहरु को express citizenship सपना तुहिने छ । तर २ सिट नै डेमोक्रेटले जितेको खण्डमा ७० हजार नेपाली tps holder सिधै citizenship को दाबेदार हुने छन् ।

के छ त आसाको किरण ?

भाया, अब हाम्रो आसाकोकि किरण ट्रंप बाबा नै हो। senate मा बहुमत राख्न ट्रंप आफै Georgia गएर चुनाब प्रसार गर्ने घोसणा गरि सकेका छ । अब उनले त्यहाँ २ चरण मा ठुला ठुला र्याली कोर्न सभा गर्ने छन् । हो, येही र्याली अनि कोर्न सभा नै republican को हार को कारण हुने छ । आशा गरौ ट्रंप त्यहाँ गएर फेरी अनाब सनाब बोल्ने छन् , उटपत्यंग हर्कत गर्ने छन् अनि neutral जनता ( decisive voter ) फेरी republican संग तर्किने छन् तेस्को फाइदा डेमोक्रेट्स ले लिने छन् ।

येही बिचमा ट्रंपको र्यल्लीले गर्दा कोभिड ज्यादा फैलिएको खबर आउने छ अनि भोटर झन् चिडिने छन् ।

४ वर्ष सम्म trump को बेबकुफीले आजिद भएको म येस्पली दुवा गर्दै छु , Georgia गएर अझ बेबकुफी गरुन, ठुलो ठुलो सभा गरुन , झुट को खेति गरुन जसले गर्दा दुवै republican चुनाब हारुन अनि हाम्रा ७० हजार undocumented नेपाली दाजु भाई सिधै अमेरिकन नागरिक बनुन , उनीहरुको पिडा सबै छु मन्तर होस् ।

trump बाबा , यो १ महिना तिमि अझ बौलाऊ, झुट को खेति गर , इरानमा सैनिक हस्तछेप गर , तिमि यो महिना उत्पात गर ।

-ठण्के-
Read Full Discussion Thread for this article