Posted by: wretch November 8, 2020
कविताको शीर्सक
Login in to Rate this Post:     0       ?        
उजाड मेरो यो जिन्दगीमा
वाहार बनी नआउ कोहीपनि |
अन्धकार मेरो यो जीवनमा
बिहानी लिएर नआउ तिमिपनि |
लक्छ्य विहिन यात्रामा मेरो
साथ नदेउ कोहिपनि |
एक्लै हिड्न सिकिसके म
चाहिँदैन मलाई साथीपनि |
मायाको खेलमा बौलाहेको म
पागल संज्ञा नदेउ फेरीपनि |
बल्नु अघि नै निभिसके म
नजलाउ मलाई कोहिपनि |
नजलाउ मलाई कोहिपनि || 
-BR Akela

Last edited: 08-Nov-20 11:24 PM
Read Full Discussion Thread for this article