Posted by: AnandNepal November 2, 2020
राजशी दशैं .. भोकाएकाको दशैं ..
Login in to Rate this Post:     0       ?        

महिनावारीमा टीका :

‘दसैँमा दुर्गा भवानी नै पर सरेकी त छैनन् ?’

कात्तिक १६, २०७७

दमक उर्लाबारीकी एलिसा निरौलाको हजुरबुबालाई आन्द्राको क्यान्सर थियो । डाक्टरले उनका ८७ वर्षीय हजुरबुबा पुण्यप्रसाद निरौलालाई जतिसुकै बेला जे पनि हुन सक्ने बताएका थिए । दसैँ नजिकिदै थियो । एलिसालाई जुनसुकै हालतमा पनि हजुरबुबाको हातबाट दसैँको टीका थाप्नु थियो । यो दुई वर्षअघिको कुरा हो ।

यही बेला उनको महिनावारी हुने मिति पनि नजिकिदै थियो । हजुरबुबाको हातबाट जसरी पनि  मलाई टीका लगाउनु थियो,’ उनले सुनाइन्, महिनावारी भइहाले भने पनि कसैलाई नभनी टीका लगाउँछु भन्ने योजना बनाएको थिएँ । नभन्दै अष्टमीको दिन म महिनावारी भएँ ।’

एलिसाकी हजुरआमा धर्मकर्ममा असाध्यै विश्वास गर्थिन् । उनको घरमा दिनदिनै पूजापाठ हुन्थ्यो । आरती गरिन्थ्यो । हजुरआमाको डरले एलिसा र उनकी बहिनी महिनावारी भएको बेलामा पूजा कोठामा चिहाएर  पनि हेर्दैनथे । महिनावारी भएको बेला पूजा कोठा चिहाउँदा मात्रै पनि उनकी हजुरआमा काम्‍न थाल्थिन् । ‘दसैँको मुखैमा महिनावारी भएपछि अन्त जतासुकै गए पनि पनि पूजा कोठामा चैं जान्न भन्ने सोच बनाएकी थिएँ,’ उनले विगत सम्झँदै भनिन्, ‘तर, त्यहि दिन बुबाले पूजा गर्न बोलाउनुभयो । डराइडराइ पूजा गरें । ’ तर, यसरी पूजा गरिरहँदा उनको ध्यान भगवानमा हैन हजुरआमामा थियो ।

उनी मुटु थामेर हजुरआमा कतिबेला काम्न थाल्नुहोला भनेर प्रतीक्षा गरिरहेकी थिइन् । तर, त्यो दिन अचम्मै भयो । हजुरआमा काम्दै काम्नु भएन । हजुरआमा नकामेको देखेपछि उनी  ढुक्क भइन् । भोलिपल्ट पनि पूजा कोठामा गएर पूजा गर्नेदेखि भान्सामा गएर खाना पकाउनेसम्मका सबै काम गरिन् । दसैँको दिन अरुसरह बुढो हजुरबुबाको हातबाट टीका थापिन् । परिवारसँगै लागेर आफन्तकहाँ पनि टीका लगाइन् ।

टीका सकियो । दैनिकी पुरानै लयमा फर्कियो । एक दिन परिवार एकै ठाउँ भेला भएको बेला दसैँको समयमा छुई भएको खबर सुनाइन् ।  भनिन्- ‘म अष्टमीको दिन महिनावारी भएकी थिएँ । अर्को साल हजुरबाको हातको टीका लगाउन पाइएला/नपाइएला भनेर तपाईंहरुलाई केही भनिँन ।’ एलिसाको कुरा परिवारका लागि अमेरिकाले हिरोसिमामा बम खसालेभन्दा कम डरलाग्दो थिएन । एलिसाकी आमा बेस्सरी रिसाइन् । सारसौंदी हजुरआमा एलिसाको कुरा पूरा नहुँदै काम्न सुरु गरिन् ।

‘अस्ति छुई भएको बेला दुनियाँथरि गर्दा केही नहुने । अहिले सुन्दा मात्रै भगवान चढ्ने ? एलिसाले हजुरआमालाई हप्काइन् । छुई हुने कुरा धर्मसँग हैन शरीरसँग जोडिएको हुन्छ भनेर आमालाई सम्झाइन् । ‘मलाई मैले लिएको त्यो निर्णयको कहिल्यै पछुतो भएन । त्यो निर्णयले मैले हजुरबुबाको हातको अन्तिम टीका लगाउन पाएँ । परिवारको सोच अलिकति भए पनि परिवर्तन गर्न सकें ।’ त्यो दिनदेखि आजसम्म एलिसाले जमहिनावारी बारेकी छैनन् । महिनावारीकै कारण अहिलेसम्म उनको दसैँ, तिहार, तीज, विवाह, ब्रतबन्ध केहि रोकिएको छैन । 

https://ekagaj.com/article/society/668

Read Full Discussion Thread for this article