Posted by: salamkrishne October 20, 2020
हरिभक्त कटुवाललाई बिर्सेका वा चिन्दै नचिनेका हरूलाई समर्पित ।
Login in to Rate this Post:     0       ?        
मन लाग्छ — हरिभक्त कटुवाल

कहिले कही रक्सी पिई लट्ठ परेको मानिस देख्दा, म पनी उ सरि लट्ठ परेर हिडु हिडु झै लाग्छ ।
त्यस जिबनको मोहले होईन, स्वजिबनको अस्तित्त्व बिरसन लट्ठ हून मन लाग्छ ।

कहिले कही शहर बीचको चौबाटोमा हात घुमाई लत्तो छोडी नाचिरहेको पागल देख्दा, म पनी उ सरि लत्तो छोडी नाचूँ नाचूँ झै लाग्छ ।
पागलपनको मोहले होईन, पृथ्बीको अस्तित्व बिर्सन लत्तो छोड़न मन लाग्छ ।

कहिले कही हुंछ जव जव गुंजायमान मानिसहरूको हल्ली खल्लीले बेश्यालयको साघुरो गल्ली, म पनी रातको आड़ लिएर पुगु पुगु झै लाग्छ ।
कामना तिक्त गराऊँन होईन, सभ्यताको अस्तित्व बिर्सन पुगी हेर्न मन लाग्छ ।
Read Full Discussion Thread for this article