Posted by: AnandNepal October 19, 2020
दशैं को कथा कसैले बुझेनन, के गरुं?
Login in to Rate this Post:     0       ?        
दशैंको अवसर पारेर मैले एउटा कथा लेखेको थिएँ .. भिडियो पनि बनाएँ .. तर धेरैले बुझ्दै बुझेनन

खास दुर्ग भनेको किल्ला .. हो । एउटा केहि छिर्न नसक्ने किल्ला (दुर्ग) मा ९ ओटा ढोका छन । तिनै ९ ढोकालाइ नवदुर्गा भनेर पुजा गरिन्छ भनेर कथा लेखेको :

नाक को दुइ प्वाल कान को दुइ, आँखाका का दुइ प्वाल ६ ओटा ढोका भए
मुख एउटा, मलद्वार एउटा र पिसावफेर्ने मुत्रद्वार एउटा गरेर जम्मा ९ वटा प्वाल

यिनै प्वालबाट मात्रै रोग छिर्न सक्छन .. ति प्वाल नभएको भए त शरिर पुरै अभेद्य हुन्थ्यो ।
९ओटा कमजोरिहरु - ९ वटा दुर्गका कमजोरिहरु -- नवदुर्गा भए । तिनै प्वालहरुको पुजा गर्नु भनेको नवदुर्गाको पुजा गर्नु भनेको नै दशैंको - नव रात्रिको , नवदुर्गाको पुजा गर्नु हो भन्ने जानकारि दिन: 

बिर बुद्धि र आत्मराम महाराज पात्र बनाएर कथा बनाएको छु - यसरि, यहाँ अर्थ बुझाए जसरि अर्थ बुझाउँदै कथा  सुनाउन त मजा आएन .. अर्थ नबुझाएपनि बुझिने गरेर - लोककथा जस्तो पनि होस - शिक्षाप्रद पनि बनोस .. भनेको आइडिया नै आएन । 

लौ न .. सुझाव दिनुहोस् । सुझावको लागि अग्रिम धन्यवाद।

https://youtu.be/grraS-0JiqA
Last edited: 19-Oct-20 02:01 PM
Read Full Discussion Thread for this article