Posted by: sexy in haku patasi October 19, 2020
लगातार २ छोरि हुदाको पिडा
Login in to Rate this Post:     0       ?        
थोरै भाग्येमानी हुन्छन जसको पहिलो प्रयास मै छोरा हुन्छ , तिनीहरु लाई दोस्रो प्रयास गरे नि भो नगरे नि भो । नत्र प्राय धेरैको पहिलो सन्तान छोरि नै हुन्छन । बाहिरी रुपमा हेर्दा जसको पहिलो सन्तान छोरि हुन्छन तिनीहरु पनि केहि हद सम्म खुसि नै देखिन्छन किनकि छोरि लाई लछमीको रुपमा हेर्ने गरिन्छ हिन्दु समाजमा ।

कसैलाई पुत्री लाभ भयो भने , " ल लछमी को आगमन भयो" भनेर बधाई दिने प्रचलन छ। बाहिरी रुपमा जे जस्तो भए पनि पहिलो सन्तान छोरि हुने हरुलाई भित्र भित्रै अलि अलि मानसिक दबाब पर्न थाल्छ । समाजले " ल पहिलो सन्तान छोरि भयो , अब एउटा छोरो पाउनु पर्छ" भनेर अघोसित दबाब दिन थाल्छ। तर आजकल कसैको पहिलो प्रयास मै "गोल्डेन शट " अर्थात् छोरा भयो भने " ल अब छोरि पाउनु पर्छ" भनेर भन्दैन । अर्को सन्तान को कुरै हुदैन । फल्स्वोरूप दम्पदी लाई कुनै मानसिक दबाब हुदैन । आफ्नो हैसियेद र इछ्याले दोस्रो सन्तान पाए नि भयो नपाए नि भयो । फेरी छोरो भए double खुस छोरि भए नि ठिकै , किनकि पहिलो सन्तान छोरो भएकोले तपाई समाजमा सम्मानजनक स्थानमा रहनु हुन्छ ।

तर एकछिन परिकल्पना गर्नुस त जसको पहिलो सन्तान छोरि छ अनि उनीहरु दोस्रो सन्तान जन्माउने प्रक्रियामा छन् । उनीहरु लाई कति मानसिक दवाब हुन्छ होला ? गर्बधरण भएको पहलो हप्ता देखि सामाजिक , पारिबारिक, संस्कृतिक दबाब आउन थाल्छ , लिङ्ग पहिचान नभए सम्म ।
जसको दोस्रो पटकको प्रयासमा छोरा हुन्छ उसको त नदि पार भै गयो तर दोस्रो पटक पनि छिरी हुनेहरुलाई मानसिक बिचलन ज्यादै आउने गरेको छ । न निल्नु न ओकल्नु । सासु ससुरा , नन्द जेठानी को करकर, ताना, बचन ओह्हो , भोग्ने लाई कस्तो गारो होला । समाज ले एस्तो यातना दिन्छकि आफु बसेको ठाउँ छोडेर कहिँ कसैले नचिन्ने बिरानो ठाउँमा गएर बसौ जस्तो ।

तपाइको २ छोरि भएको बेला अब खबर आउछ तपाई नजिक कोइ नन्द, देउरानी , साथी पनि गर्भवती छिन अनि उनको सन्तानको लिङ्ग पहिचान भै सक्यो अनि पहिलो प्रयास मै छोरा रैछ । तेतिबेला तापको मनमा आउने भावना एकछिन परिकल्पना गर्नुस ।

येस्तै छ नेपाली समाज । भारतीयको त कुरै नगरम

अष्ट्रीयामा तिन छोरिकि आमाले दुखद घटना घटाएको खबर आको छ ।

https://nagariknews.nagariknetwork.com/social-affairs/364701-1603005605.html?fbclid=IwAR3nLCz2J5J8F_d1Gvp9cOktmkqHo_JFYAbffM7qwRW5gp8NkcQUB74eJsg
Read Full Discussion Thread for this article