Posted by: AnandNepal October 5, 2020
अमेरिका छिर्नै नपाउने ?
Login in to Rate this Post:     0       ?        
भिडियो बनाएँ - तर अझै बुझेको छैन -- भिषै नदिने भनेको हो कि, ग्रिन कार्ड नदिने भनेको हो ??

इमिग्रेसन बुझ्ने ले बताइदिनु पर्यो -- लौ न !!

अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने

अमेरिकाको इमिग्रेसन सर्भिसेजले अक्टुबर २, २०२० मा जारि गरेको एक पोलिसि अलर्ट मा भनिए अनुसार अमेरिकाले अब देखि बिश्वका कुनै पनि कम्युनिस्ट पार्टीका र त्यस्तै राजनितिक दलका सदस्यहरुलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति नदिने बताएको छ । "निरंकुश पार्टिको सदस्यभएको आधारमा प्रवेश निषेध" शिर्षक दिइएको सो पत्रमा - अमेरिकाको नागरिकता तथा आप्रबासि सेवा बिभाग (USCiS) सरकारि निति प्रष्ट पार्न USCIS Policy Manual जारि गरेको र त्यसले कुनै पनि कम्युनिष्ट पार्टि वा अरु निरंकुश पार्टिको सदस्य भएको वा ति पार्तिहरुसंग सम्बद्ध लाइ प्रवेश नियन्त्रण गर्नको लागि यो निति बनाइएको बताएको छ।

सुरक्षा खतरालाई dhyaan गर्दै अमेरिकाले यस्तो नीति सार्वजनिक गरेको बताइएको छ । ‘सामान्यतया, कम्युनिष्ट पार्टी वा कुनै अन्य निरंकुश पार्टीको सदस्य वा सम्बद्ध कुनै आवासीय आप्रवासी संयुक्त राज्य अमेरिकाको लागि अस्वीकार्य हुनेछ’ नीतिमा भनिएको छ।


अमेरिकि सरकारको यो निति त्यहाँको संसदले स्विकृत गरेको कानुनको एक भाग भएको र यो निति अमेरिकाको सुरक्षाको लागि अपनाइएको भनिएको छ। साधारणतया, कुनै बिशेष परिस्थिति बाहेक, कुनै पनि आप्रबावि जो कुनै पनि अमेरिकि वा अमेरिका बाहिरका कुनै पनि कम्युनिष्ट पार्टि वा अरु निरंकुश पार्टिको सदस्य भएको अथवा त्यस्ता पार्टिको भातृ संगठनको सदस्य भएको छ भने उ अमेरिका को आप्रवासि नितिले अस्विकार्य मानिने छ। यो अस्विकार्यता अमेरिकामा इमिग्रेसन स्ट्याटस लिन खोज्ने जोकोहिलाइ पनि लागु हुनेछ। यो नियम पहिल्यै अमेरिका भित्रै बसेको र आँफ्नो स्टाटस परिवर्तन गर्न खोज्ने जो कोहिमा पनि लागु हुने छ ।

यसरि निवेदन दिँदाको मिति भन्दा १० बर्ष अघि र निवेदन स्विकृत हुने समयको बिचमा कम्युनिष्ट पार्टिको सदस्य भएका कसैले पनि अमेरिकाको पर्मानेन्ट रेजिडेन्ट एप्लाइ गर्न, अमेरिका भित्र वा दुतावासमा इमिग्रेसन भिषा एप्लाइ गर्न, वा इमिग्रेन्टको रुपमा अमेरिकाको सिमा बाट भित्र छिर्न पनि नपाउने बताइएको छ।

पाटिको सदस्य भएको नभएको - पार्टिको सदस्यता कार्ड बनाएको मात्रै नभएर कसैले अरु कसैले पार्टिको सदस्य भएको थियो भनेर भनिदिंदैमा पनि कम्युनिष्ट पार्टिको सदस्य भनेर रिजेक्ट गर्न सकिने प्रावधान राखिएको छ।

https://www.youtube.com/watch?v=G024yu7XnAA


Read Full Discussion Thread for this article