Posted by: AnandNepal September 24, 2020
लोड शेडिङ भै सक्यो रे ..
Login in to Rate this Post:     1       ?         Liked by
अब छिट्टै नै कुलेखानी लगायत देशका विभिन्न जलाशयमा पानीको सतह घट्न थालेको समाचार आउनेछ । चल्तापुर्जा टर्वाइनहरू मर्मत नगरी नहुने अवस्थामा पुगेको जानकारी गराइनेछ । बिद्युतको माग अनायासै ह्वात्तै बढेको जिकिर गरिनेछ । बढ्दो मागलाई घट्दो आपूर्तिले धान्नै नसक्ने कुरा सर्वविदितै भएको कुरा ठोकुवा गरिनेछ । 

अनि विस्तारै हप्तामा एक दुई घण्टा, त्यसपछि दिनमै एक दुई घण्टा बत्ती जानेछ । 

बजारमा इन्भर्टर र जेनेरेटर देखिन थाल्नेछन् । दिनको एक दुई घण्टाबाट बिस्तारै बढेर चार पाँच घण्टा बिद्युत आपुर्ती अनियमित हुनेछ । सक्नेको घरघरमा इन्भर्टर/जेनेरेटर भित्रिनेछन् । त्यो नसक्नेकोमा चाइनिज लेड टर्चलाइटले बास पाउन थाल्नेछ । त्यो पनि नसक्नेकोमा मट्टीतेल टुकी इत्यादि । 

अघोषित रूपमा भैरहेको लोडसेडिङलाई जनताले पचाउँदै लगेको बुझेपछि सरकारले घोषणा नै गरेर दैनिक यति घण्टाका दरले लोडसेडिङ हुने भनेर तालिका निकाल्नेछ । त्यो तालिकालाई हामी भित्तेपात्रो जसरी भित्तामा टाँस्नेछौं । लोडसेडिङको समय दैनिक चार पाँच घण्टाबाट आठ नौ घण्टा हुँदै पन्ध्र बीस घण्टाको हुँदै जानेछ र लोडसेडिङको तालिका मासिक, पाक्षिक, साप्ताहिक हुँदै दैनिकजसो नयाँ आउन थाल्नेछ । 

त्यसपछि बत्ती आउनु र जानुसँग हाम्रो सरोकार हुन छोड्नेछ । जतिसुकै खेर आओस् जाओस् हामी मतलब राख्न छोड्नेछौं ।
र, त्यसबेला देश फेरि अर्को कुलमानको प्रतीक्षामा छटपटाइरहेको हुनेछ ।

..  एउटा भिडियोमा आएको कमेन्ट हो ..
Last edited: 24-Sep-20 11:03 PM
Read Full Discussion Thread for this article