Posted by: lovely_heart September 21, 2020
विश्वास
Login in to Rate this Post:     1       ?         Liked by

साझामा येस्तो प्रतिभा पस्कने मन्च पनि रैछ, धेरै खुसि लगेको छ। धेरै दिन देखि थन्क्यायेर रखेको थिये यो कबिता भनौदो कसिन्गर,
सबैले आ-आफ्नो कथा-ब्यथा पोख्छन भने मेरो पनि सहिः
के तिमिलाई थाहा छ?

के तिमिलाई थाहा छ,
कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ?
कि हामी अन्तरिक्षमा तैरिरहेका छौं?
कि खुसिले तिम्रो आँखामा आँसु ल्याउँछ?

के तिमिलाई थाहा छ?
कि तिमिले चिन्ने सबैजना एक्दिन मरेर जान्छन?
 त्यसैले,
 सबैसंग तिमि बिदाई लिने प्रयास नगर,
 बरु उनिहरुलाई थाह देउ कि तिमिलाई थाह छ
 कि जीवन छिटो बित्छ,
 कि सुन्दर चिजहरुलाई टिकाउन सकिन्न,
 कि तिमिलाई थाहछ कि शुर्यास्त हुदैन,
 बरु यो त प्रीथ्वि घुम्नाको कारनले सिर्जित भ्रम हो।
 
के तिमिलाई थाहा छ,
 कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ?

जीवनमा धेरै उतार-चाडव आउन सक्छन,
 धेरै आत्तिनु हुदैन।
 कैलेकाँहि चाँहि चिट्ठा पर्न पनि सक्छ तर,
 धेरै मत्तिनु हुदैन।
 अन्तर्मनका कलहहरुले पिरोल्छन कैले,
 कैले भूतले तर्साउँछन,
 कैले तरुनिले मुटू संग मुटु साट्छन,
 धेरै पात्तिनु हुँदैन ॥
 
तिमि जमाना सगं नडराउ,
 भावीको खेला अचम्म छ।
 प्लेन चडेको बेला टाउको बहिर ननिकाल,
 बहिर प्रेसर र टेम्प्रेचर दुबै कम छ।
 अन्योल परिस्थिति आउला कैले, 
मायालुका हजार मायालु होलन,
 आफ्नै परिवारले धोका दिन सक्छन, 
तर तिमि मन दरो राख!
~~

Last edited: 21-Sep-20 01:41 PM
Read Full Discussion Thread for this article