← Back to Kurakani

विश्वास

Original Post

कुनै पनि अाकृतिकाे भुमरिमा पर्नु भन्दा पहिले त्यसमाथि अध्ययन, अनुसन्धान गर्न जरूरि हुन्छ, यहि अनुरूप काेहीँ अनजान मानिस माथि विश्वास गर्नु भन्दा पहिले उसकाे अाचरण बुझ्नु अावश्यक हुन्छ, सुखमा हाँस्नेहरूकाे कमि कहिल्यै नहाेला तर दुख पर्दा कदममा कदम मिलाउने केहि मात्रै भेटिन्छन्, साथ उसलाई दिनु जसले हरेक परिस्थितिमा एकरूपता कायम गरि पाइला चाल्ने काेसिस गर्छ , सम्बन्ध उ सँग मजबुत बनाउनु जसलाई तिमी हुनुकाे महत्व उसमा छ, कदम उ सँग चाल्नु जसमा तिमी प्रति अास्था र विश्वास छ साइनाे उ सँग गाँस्नु जसले छाेडि जाँदैन, सम्मान उसलाई देखाउनु जसले अाफ्नाे भन्दा बढि तिम्राे सम्मान गर्छ, ढाल उसकाे बन्नु जसले तिम्राे हर सुख दुख दुवैमा भागेदार बन्ने काेसिस गरेकाे छ ।।।

Arishna sainju
Sep 20, 2020 10:27 AM · 33,351 views
5 Replies
Bennedict Sep 20, 2020 10:54 AM
आरिश्ना जी, तपाईंको लेखाइ मनपर्‍यो तर यहाँ साझामा यस्ता कुरा बिक्दैनन, तपाईंले देख्नुभएन कसरी निर्लज्जताको हद पार गरिन्छ यहाँ? तैपनी तपाईंले लेख्नुभयो, यस्तो पनि लेख्ने मान्छे रहेछन, मलाई खुशी लाग्यो। "कदम उ सँग चाल्नु जसमा तिमी प्रति आस्था र विश्वास छ" सही छ।
CrimeMasterGoGo Sep 20, 2020 11:08 AM
बाँचिराख्नुपर्छ, के-के देखिन्छ, के-के! अरे बेनेडिक्ट ब्रो, यो "आरिश्ना जी" हजुर कै अवतार हो भनेर जग जाहेर छ, अब आफ्नो पोस्टाँ आफैं तारीफ मारेर जग-हसाईको पात्र नबन्नु के प्लिज।
Bennedict Sep 20, 2020 11:34 AM
क्राइमजी को को हो र को कसको रूप हो तपाईं भन्दा बढी कसलाई थाहा होला हजुर? तपाईंको माया अपरम्पार छ, बिगत केही दिनदेखी अरुलाई नभए पनि मलाई चै अवगत छ। एउटा अवतारले पोस्ट गर्ने, आफ्नै अर्कोले जिस्क्याउने, अनी आफ्नै अर्कोले सही थाप्ने, हजुर, यो लीला चलाई बस्नुस्, थपडी म पनि बजाइदिउला नि। साझामा ट्राफिक पनि कायम राख्नै पर्‍यो।
CrimeMasterGoGo Sep 20, 2020 12:08 PM
उल्टा चोर कोत्वालको डाँटे? हेर्नुस बेनेडिक्ट ब्रो, म हजुरको इज्जत गर्छु। अब पर्सनल्लि नचिने पनि साझामा हजुर्को साहित्तिक जमर्काहरु आक्कल-झुक्कल पढ्ने मौका पायेर, हजुरको कमेन्टहरु पढेर मैले हजुरलाई गहिराईमा गयेर चिनिसकेँ। फेरि आफु परियो कि त गहिराईमा पुग्दै-नपुग्ने, पुगिसकेको छु भने मोति नलियि नफर्किने टाईप । मैले हजुरले लेखाई, हजुरको औरा, हजुरको अन्दाज, सब चिनिसके। गाईको रगत खानु, अब त बेनेडिक्टले के खायो भने कस्तो रगंको हग्छ भन्न सक्छु। एनिवे, साझामा बेनेडिक्ट र लोगन बाहेक कोहि पनि इन्टलेक्चुअल, सरिब्रल छैनन, कसैलाई साहित्य, ब्यगं आदिको ग्यान छैन। अनि जब यो "आरिश्ना जी" का शब्दहरुको मार्ग हुँदै जब भवनाका ज्वारभाटाहरु मेरो मानस्पटलमा परमाणु-बिघटन झैं बिस्फोट भये, जब मेरो ह्रिदयमा, मेरो अन्तरमनमा शब्दरुपि/भावरुपि विर्यहरु स्खलन भयेर मलाई चरमसुख तिर उन्मुख गराये, तब मलाई एहसास भयो कि यो रचनाकार लोगन वा बेनेडिक्ट नै हुनुपर्छ । फेरि सोचें कि लोगन जि त राज्नैतिक/ब्यन्ग तिर उन्मुख हुनुहुन्छ, येस्तो आध्यत्मिक लेखाई बेनेडिक्ट जि कै हो। अब धेरै नाटक नगरुम हो सर। सबलाई थाह छ कि "आरिश्ना जी" को हो भनेर। बरु जाओस अरु। मुकर्-रर् !! मुकर्-रर् !!
lovely_heart Sep 21, 2020 1:39 PM
साझामा येस्तो प्रतिभा पस्कने मन्च पनि रैछ, धेरै खुसि लगेको छ। धेरै दिन देखि थन्क्यायेर रखेको थिये यो कबिता भनौदो कसिन्गर, सबैले आ-आफ्नो कथा-ब्यथा पोख्छन भने मेरो पनि सहिः के तिमिलाई थाहा छ? के तिमिलाई थाहा छ, कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ? कि हामी अन्तरिक्षमा तैरिरहेका छौं? कि खुसिले तिम्रो आँखामा आँसु ल्याउँछ? के तिमिलाई थाहा छ? कि तिमिले चिन्ने सबैजना एक्दिन मरेर जान्छन? त्यसैले, सबैसंग तिमि बिदाई लिने प्रयास नगर, बरु उनिहरुलाई थाह देउ कि तिमिलाई थाह छ कि जीवन छिटो बित्छ, कि सुन्दर चिजहरुलाई टिकाउन सकिन्न, कि तिमिलाई थाहछ कि शुर्यास्त हुदैन, बरु यो त प्रीथ्वि घुम्नाको कारनले सिर्जित भ्रम हो। के तिमिलाई थाहा छ, कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ? जीवनमा धेरै उतार-चाडव आउन सक्छन, धेरै आत्तिनु हुदैन। कैलेकाँहि चाँहि चिट्ठा पर्न पनि सक्छ तर, धेरै मत्तिनु हुदैन। अन्तर्मनका कलहहरुले पिरोल्छन कैले, कैले भूतले तर्साउँछन, कैले तरुनिले मुटू संग मुटु साट्छन, धेरै पात्तिनु हुँदैन ॥ तिमि जमाना सगं नडराउ, भावीको खेला अचम्म छ। प्लेन चडेको बेला टाउको बहिर ननिकाल, बहिर प्रेसर र टेम्प्रेचर दुबै कम छ। अन्योल परिस्थिति आउला कैले, मायालुका हजार मायालु होलन, आफ्नै परिवारले धोका दिन सक्छन, तर तिमि मन दरो राख! ~~ Last edited: 21-Sep-20 01:41 PM
Login to join the conversation.

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant