Posted by: tps2gc September 5, 2020
Getting divorce in USA
Login in to Rate this Post:     0       ?        
हाहा क्रिश्ने भाई मान्छे त म धेरै talent होनी , खाली पढ्न नसकेर अमेरिका आएर नि कुली भइएको छ । अलिकति व्यापार थपियोकि तेसैले यता साझामा आएर हल्ला गर्न पाको छैन ।

ocean भाई, कसैले येतैकै फसाउनको लागि मात्र case दर्ता गर्दैमा केहि हुन्न , केहि न केहि प्रमाण त चाहिन्छ , सानो तिनो प्रमाण ले नि child abuse र डोमेस्टिक violence को दरो case बन्ने रैछ, तेसैले कुनै पनि हालतमा कसै प्रति नि हातपात चै गर्न नहुने रैछ यो देशमा आफ्नै स्वास्नी र केटाकेटी लाई पनि ।

येदि झुट्टा case लागको साबित भयो भने , case लाउने को नि जिन्दगि गयो ।

अस्ति येही साझामा एउटा भाईको case आको थियो नि । बुडा बुडी बीच ठाक ठुक परेछ , बुडी ले आबेस मा आएर ९११ call गरिचिन । अब हाम्रो नेपालमा बुडा बुडी बीच सामान्य ढकाल ढुकुल हुनु स्वाभाविक नै हो । बुडी ले बुड़ो लाई तर्सौना मात्र police बोलाकी रैछन । पुलिस आयो , सामान्य घाऊ खरोच देख्यो , बुड़ो लाई लगेर थुन्यो ।

बुडी लाई लाग्यो उनले case फिर्ता लिए पछि बुड़ो लाई छोड्छ, के खाएर छोड्नु , बुडीले भोलि पल्ट अनुनय बिनाये गर्दा पनि केहि भएन पछि ३० हजार कि कति को bond मा छुट्नु भयो रे । अब धरौटीमा छुट्नु भनेको career मा दाग हो , भोलि अदालत बाट पूर्ण सफाई पाए नि यो दाग १५ वर्ष सम्म रही रहन्छ । पूर्ण सफाई नपाउने चान्स त धेरै छ , अब फेरी तगडा ओकिल राख्नु पर्यो , तेस्को fee कति होला ।

तेसैले येस्ता कुरा मा अलि सचेत बनौ । कसै लाई झुटा मुद्दा नि नलाऊ कसै लाई कुट पिट नगरौ । visa र pr मात्र भाका पछि citizenship लिने सोच भएका ले त झन् एस्तो गल्ति गर्दै नगरम । ,minor लाई चुरोट बेचेको case मा एउटा केटो ले कति दुख पायो भनि साध्ये छैन ।
Read Full Discussion Thread for this article