Posted by: tps2gc August 19, 2020
स्टक बेचेर पैसा नेपाल पठाउद,,,,
Login in to Rate this Post:     0       ?        

,,, के कुरामा विचार गर्नु पर्छ ? मेरो सोच ८०-१५० K सम्मको जग्गा आमाको नाममा खरिद गरौ भन्ने छ ऐले जग्गाको भाउ कौडी छ सुन को भाउ हीरा भाको छ । स्टक र जग्गाको फ्लिप धेरै गरियो अब देखि नगर्ने अठोट लेको फेरी खस खस भै हाल्यो । अब ऐले जग्गाको भाउ काठमाडौँ तिर all time low भाको बेला अलिकति छ्याकन हान्न सकिएन भने पछि दोकानमा बसेर पुर्पुरोमा हात लाउनुको भन्दा अरु केहि विकल्प हुन्न ।

जग्गा किन्न त किन्ने तर कसको बाऊको पैसा ले किन्ने भन्ने प्रस्न आयो । ४० -५० हजार अझै चर्को ऋणमा छु घर किन्दाको , स्टक नबेची भएन ।
स्टक बेचेर पैसा पठाउदा केहि समस्या हुन्छ हि हुन्न कसैलाई थाहा छ ? auditor लाई सोदेको, इदर कुछ नही होयेगा, उदारका मालुम नही भन्यो । capital gain मा नेपालमा कर लाग्छ भन्ने सुनेको, यता नि कर उता नि कर, दोहोरो कर त तिर्न सकिन्न । कतै सुनेको एउटा भाईले १ million को scratch कुपन जितेछ , नेपाल पैसा पठाउदा २५% काट्यो भन्ने सुनेको । तेसैले मन ढुक ढुक भई राखेको छ ।

मेरो नेपाल कारोबार चै बैंक मार्फत खासै हुने गरेको छैन । म अन्य source बाट पैसा लेन देन गर्छु , तर एसपल्ट मलाई बैंकिंग source बाटै पैसा पठाउनु छ । २ ४ वर्ष पैले नेपाल पैसा पठाउदा मलाई नेपालमा सानो inquiry गरेको थियो, त्यो तेसै डिसमिस भयो तर राष्ट्र बैंक को रेकर्ड मात होला ।

मेरो सबै भन्दा ठुलो प्रस्न चै stock gain को पैसाको उता कर तिर्ने पर्ने बेवास्था छ छैन कसैलाई थाहा छ कि भन्ने हो । फेरी म सान्तिनो व्यापार गर्ने मान्छे मेरो अरु कर्मचारी साथीहरुको जस्तो paycheck , आदि हुन्न । तेसैले अलिकति हिचकिचाहट भई राखेको छ ।
Read Full Discussion Thread for this article