Posted by: Arishna sainju August 16, 2020
एक नयाँ सूरुवात जिन्दगीको
Login in to Rate this Post:     4       ?         Liked by
नयाँ जनमसँगै नयाँ काहानीहरुको आगमन हुने प्रयासमा छ,
आँफैभित्र एक नँया पहिचानलाई जन्म दिने कोसिस हुँदैछ,
नयाँ सुभारम्भको परखाईलाई संगाल्न यो मन भित्र भित्रै प्रसन्न छ,
आफुलाई आफैसँग प्रेमको बन्धनमा बाँध्न यो मन आतुर छ,
नयाँ सोच र विश्वाससँगै यो काहानीको सुभारम्भ हेतु आफुलाई तयार गर्ने कोसिसमा छु,
जिन्दगीका ती नराम्रा तितो सत्यलाई कोसौ टाढा छोडी आफ्ना पाईलाहरुलाई अघि सार्ने कोसिसमा छु,
अब फेरी पछाडि नहेर्ने कसम खादैँ नयाँ परिवेशमा जिउन आफुलाई लायक बनाँउदै छु,
सत्य र असत्य विचको भिन्नता छुट्याउन सक्ने क्षेमताको श्रृजना गर्ने प्रयासमा छु,
बुद्धको ती प्रर्वचनहरुलाई आत्मसात गर्दै धर्मको बाटोमा आफुलाई अग्रसर गराउने प्रयासमा छु,
आफ्नो लागि बाँच्ने कसम खादैँ दुनिँयालाई भुलाउने प्रयासमा छु,
मेरो जिन्दगीको सारथी म आफैँ हुँ, मेरो लागि सबैभन्दा विश्वासिलो पात्र केवल म मात्रै हुँ, मेरो आफ्नो छाँया मसँगै दुःख सुखमा साथ दिने एक राम्रो मित्र हो,
मेरो आत्मा नै मेरो हमसफर हो, मेरो आत्मा छ त्यसैले म जिवित छु,
जिवित रह्ँन्जेल हाँसी हाँसी जिउने प्रण लिएको छु, प्रण लिएको छु ।।।
Read Full Discussion Thread for this article