Posted by: logan August 11, 2020
Anyone here living near Duluth, Georgia
Login in to Rate this Post:     0       ?        
डिसी बाट म्यन्चेस्टर न्यू ह्याम्सायर लागेका थियौ | दुईजनाले पालो पलो गर्दै गाडी चलाऊदै थियौ | न्यू योर्क बाट कनेतिकट छिरे पछी RT ९५ मा म्यान्चेस्टर देखे पछी साथीले उतै छिराएछ आफु चै झकाएको बेला परेको रहेछ | ड्राइभ त ठिकै गर्दैछ छस् भन्दा " पहुचा देङ्गे " भन्छ | ९५ पछी ९१ मा लिनु पर्छ भनेको होईन भन्दा आउँदै छ् भन्यो तर एक घण्टा भयो आउँदैन| ग्यास स्टेसन छिरेर सोद्दा यो पनि म्यानचेस्टर्नै हो तर कनेटिकट्को हो | तिमीहरु त्यो बाटो जाउ अनी ९१ नर्थ मा छिर भनेर देखायो | उता साथीले सात बजे आउछन भनी बनाएको BBQ फेरी तताएर खानु पर्‍यो | यो mapquest को जमानाको कुरा पर्‍यो गूगल म्यापको जन्म भएको थिएन|
Read Full Discussion Thread for this article