Posted by: salamkrishne August 5, 2020
दलित जगारण मोर्चा
Login in to Rate this Post:     1       ?         Liked by
साझा_केटो, ह्या ब्रो पनि झ्याउ लाग्ने कुरा नगर्नुस न। यो thread को major content , जुन दलित माथिको भेदभाब, दमन र छुवाछुत हो , भन्दा बाहिर गएर बर्गीय कुरा गरेर "टाउका को औसधि नाइटा" मा लगाउने जस्तो कुरा हुन्छ क्या। बर्गीय विभेद संसार भरि छ , अझै बढ्छ (केहि हद सम्म बर्गीय समता कायम गर्यो भने जातीय दमन र विभेद कम होला , तर त्यो मुख्य कुरा होइन )।

कहाँ आरक्श्यन को कुरा गरिरा, तेस्को मुख्य मक्सद दमन र छुवाछुत घटाउने होइन, नेपालमा , अनि संसार भरि पनि। एतिहासिक रुप मा सयौ बर्स पछाडी परियाका समुदाय लाइ माथि उठाउन कोशीस गरेको हो , अनन्त काल सम्म रहने होइन नि। मेरो बिचारमा नेपाल मा reservation दलित र मधेशका दलित लगायत अरु केहि जाति लाइ दिए पुग्छ, अरुलाई पर्दैन। नेपालमा मात्र होइन संसार भरि नै mean tested program हरुको सट्टा कुनै एउटा group लाइ टार्गेट गरेर गर्दा administration cost कम पर्ने भएको तेस्त्तो गरेको हो। नत्र तपाई म भन्दा कसमस बिश्वोकर्माको status माथि छ, तर ति exception मात्र हुन्।

यसै संग सम्बन्धित एउटा उदाहरण है: तपाईकि आमा कट्टर बाहुनी हुनु हुन्छ। तपाई आफ्नो परियार साथी, जसको बाउ उधोय्गपति वा नेपाल सरकारको सचिब नै छ, लाइ घर लैजानु हुन्छ। र आमालाई साथीलाई पनि खानाको व्यवस्था गर्नु हुन्छ। आमाको व्यवहार कस्तो होला ? अब अर्को साथी छ जसको थर परियार भए पनि उसको मामाघर तपाइको मामाघर संगै छ , अधिकारी थरका मावली, अनि तेही साथीको दिदीको तपाइकै टोलको पौडेल बाहुन को छोरा संग बिहे भएको छ। तपाइको आमाले माथिको कुन चै साथी प्रति relatively welcoming हुनु होला ? तेही भएर १० लाख पुरस्कार दिएर भए पनि दलित - गैर दलित बिहे बढाउन state intervention हुन् पर्यो भनेको। आपसमा चिकामारी (बलात्कार होइन नि फेरि ) नभए सम्म हेला , छुवाछुत घट्न गारो छ। कस्तो बिदम्बदाना छ हेर्नुस त बिदेसी खैरे वा मुसलमान बिहे गर पनि बिदेशी ज्वाई/बुहारी भनेर दङ्ग पर्ने , हिन्दु धर्म भित्रकै मान्छे बिहे गर्दा पनि स्वीकार गर्न गारो छ। अर्को कुरा हाम्रो काले र खैरे को जस्तो गारो पनि छैन। बाहुन र दमै वा कामि बीच बिहे भयो बच्चा जन्मियो , बच्चा कुन जातको हो छुट्टाउन गारो छ। तर खैरेको १० पुस्ता सम्म पनि घुम्रेको कपाल सिधा हुदैन। हाम्रो पनि सिधा हुन्न, कुनै निश्चित ठाउको,,,,,,,;)


NAS ब्रो , गु दलेर mall मा जान्छु भन्ने लाई सरकारको /state को "स/S " पनि मन पर्दैन :) मेरो बिचारमा १० लाख को सहुलियत् दिदा धेरै दलित गैर दलित जोडा जोडी हुन्छन। छुवाछुत हटाउने एकमात्र उपाय बिहेबारी नै हो। ब्रो लाइ त् येस्त्को सहुलियत , reservation कुनै पनि मन पर्दैन , तर यी सब कुरा law and order maintain गर्ने कुरामै पर्चन। इतिहासमा भएका गल्तीलाई compensate गर्नको लागि। Individual rights को उपयोग गर्न पनि एउता level को environment create गर्दिनु पर्यो नि। भुटानमा बाकी रहेका नेपाली मुलकाहरुको छोरा छोरीको कत्तिको नाम "choki sharma " , "pawan gyaltshen " भन्ने नाम किन छ भन्ने थाहा होला नि। भोटे संग बिहे गरेका हरुलाई केहि न केहि सरकारी जागिरमा सहुलियत छ।

अनि ब्रो बाहुन ले सबै भन्दा थेरै share लिनु पर्छ भन्नुमा मेरो ठोस तथ्यांक त् छैन । deductive reasoning को आधारमा हेर्दा र एतिहासिक काल देखिका चलन र यो भेदभाब कायम नै राख्दा कसको स्वॉर्थ पुरा हुन्छ भन्दा बाहुन नै हो। कतै सुनेको थिए दलित बिहे गर्दा पनि छेत्रीको चै आफ्नै थर रहन्छ रे , बाहुन को त् त्यो हुन्न नि। अनि इंडियाको राजपुत/ क्षेत्रिया भएको भए बाहुन जत्तिकै दोषको भागीदार हुने थिए होला , तर नेपालका धेरै जस्तो छेत्रीहरु अलि उदार नै छन्। सायद खस background को भएर पनि होला (बाहिर बाहिर हामि pure क्षेत्रिया भने पनि भित्र धेरैलाई आफ्नो background के भन्ने चेत छ होला ।
Read Full Discussion Thread for this article