Posted by: Nas August 4, 2020
Visit Reeyas Kitchen for Nepali Food Recipes
Login in to Rate this Post:     0       ?        
"भगवानको क्रिपाले सबै ठिक् होस"

मेरी प्यारी रियाजी ! हजुरको म प्रतिको अथाह दया र करुणा देख्दा म सार्है भावुक भइ भाव बिभोर भए हजुर ! 🙏

के गर्ने हजुर, यो अभागी जीवनमा हजुर जस्तो मिठो मिठो पकाई वरी खिलाउने दुलही नसिबमा नै लेखेको छैन रहेछ ! हेर्नुस न आफुलाइ पकाउन आउने भनेको खालि येही चाउ चाउ मात्र हो ! अनि बिचरा चाउ चाउलाइ पकाको हो कि जिउदो जलाएर टर्चर देको हो, हजुरले नै अनुमान लगाउन सक्न हुन्छ ! 😂

https://youtu.be/y5gFRcqQ1yo

मेरी प्यारी रियाजी, हजुरले पकाउन भाको मिठा मिठा परिकार झैँ हजुरको बोलि र अवाज पनि के सारो मिठो ! अनि हजुरका ति कोमल सिल्लिक्क परेका फ़ेमिनाइन हत्केलामा साक्छ्यात लक्ष्मी माता र सरस्वोती माता दुवैको बास हुनुहुँदो रहेछ  ! एस्तो कमोलो हत्केला भाकी नारिको फेरी उस्तै कमोलो मन ! अनुहार त् झन् स्वोर्ग कै अप्सरा सरह होलिन ! हजुर…के हामि फ्यानहरुले आउँदा भिडियोहरुमा हजुरको दर्शन पाइएला हजुर ? 🙄

मेरी प्यारी रियाजी पाक्वान कलामा येति साह्रो प्रतिभाशालि र कुशल हुनु हुँदो रहेछ हजुर ! एक दिन हजुरको येही प्रतिभाले हजुरको लाखौ दर्शक बढी जाने छ ! अनि तेती बेला साझाको म नाज.... हजुरको लाखौ शुभेछ्कको सामुने खालि एउटा अंक मात्र हुने होला भन्ने कौतुहोलताले मलाइ अहिले देखि नै पिरोल्न थालि सक्यो  मेरी प्यारी रियाजी ! 😭

उही हजुरकै नया सब्सक्राइबर,
नाज
❤️



Last edited: 04-Aug-20 10:20 PM
Read Full Discussion Thread for this article