Posted by: Sajha keto August 2, 2020
साबधान !!!! साझा मा रेन्ट वाला बिज्ञापन गर्दा आउने फ्रड म्यासेजहरु बाट सजग बनौ
Login in to Rate this Post:     1       ?         Liked by
रेसेन्ट्ली मैले साझामा मेरो बेसमेन्ट खालि छ भनेर बिज्ञापन राखेको थिए। कोइ कसैले संपर्क त गरेन तर १ जना अल्मा नाम गरेको केटी ले म्यासेज गरी अनी भर्खरै नयाँ जब पाएको अनी आफु नर्स भएको अनी Mexican मुलको भएको तर अटलन्टामा नेपाली सग धेरै बर्षा बसेको भएकोले आफुलाइ नेपाली कल्चर पुरै थाहा भएको अनी नेपाली इमान्दार भएको आदी आदी भनेर म्यासेज गरेको थियो। मलाई डे १ देखी नै सन्का लागेको थियो तर मैले अलिक डिटेल थाहा पाउन च्याट (google voice को नम्बर देको थिए) जारी राखे। आफु अहिले Mexico मा vacation मनाउन आएको अनी अगस्ट मा नयाँ काममा join गर्नु पर्ने भएको ले तेइ बेला देखी बस्न आउने तर advance चै पठाइहल्न ready भएको भन्यो। कसलाई थाहा हुँदैन केइ हेर्दाइ नहेरी deposit गर्न ready भएको मान्छे fraud हो भनेर तर मैले उक्त कुरा स्विकारे अनी मैले यो बिचमा यो कुरा १/२ जना साथी लाई नि भनिसकेको थिए अनी अर्को १ जना साथी लाई नि गत October मा तेस्तै भएको रछ। मलाई अलिक डिटेल पाएपछी मात्रै के गर्न सकिन्छ गर्नु थियो। तेस्पछी तेस्ले मलाई भोली पल्टै पाउने गरी चेक पठाइदिन्छु भनेको थियो जुन कुरा मैले पाये पर्सी पल्ट चै। मलाई थाहा थियो fraud भन्ने। कसरी भने तेस्ले मलाई $८०० को चेक पठाइदिन्छु भनेको थियो तर चेक आयो $३७५० को। Fedex लाई तुरुन्तै कल गरेर कस्ले पठाएको सोधेको त्यहाँ sender भनेर जस्को नाम छ तेस्लाई कल गरेर बुझ भन्यो देन मैले sender को (name and address जुन envelope को बाहिर थियो, Plano,Texas ) सर्च गरेर कल गरे अनी त्यस्तो केइ पठाएको छैन भन्यो त्यो कम्पनी ले।
then मैले police लाई खबर गरेर all details दिए प्लस त्यो चेक। पुलिस मेरो घरमै आएर सबै विवरण लिएर गयो अनी भन्यो कि एस्ले अब मैले झुक्किएर धेरै पैसा पठाएछु बाँकी पैसा फिर्ता गर भनेर कल म्यसेज आउन सक्छ आयो भने हामी लाई खबर गर्नु भनेर case no छोडेर गयो र नभन्दै पुलिस गएको १ घण्टाभित्र मै मलाई म्यसेज आको थियो चेक deliver भयो कृपया मलाई तुरुन्तै संपर्क गर भनेर। मैले संपर्क गरेको भए तेइ भन्नेथियो कि धेरै पैसा गएछ झुक्किएर कृपया बाँकी पैसा फिर्ता गर भनेर अनी मलाई ठग्ने प्लान होला। मैले एउटा गल्ती चै मेरो नाम र ठेगाना पुरै दिये जब कि मलाई थाहा थियो यो fraud भन्ने। पुलिस लाई त्यो नि भने तर खासै फरक पर्दैन भन्यो as I have already reported the case.
केस त पुलिस ले हेर्दै होला अथवा जे गर्ला तर एस्तो ठगहरुबाट सबै जना बचौ।

सान ब्रो,
please make this thread highly visible as some Nepalese who try to advertise at Sajha might be victim of such fraudster.

Read Full Discussion Thread for this article