Posted by: SSK August 2, 2020
घिरौला आतंक !!
Login in to Rate this Post:     0       ?        
लेख्ने केहि कुरा छैन, वा भनुम लेख्ने कुरा धेरै भएर नि लेख्ने बातावरण छैन ।

घरै घिरौला, बनै घिरौला, ससुराली गए बाह्र हाते घिरौला । घिरौलाको मौसम रैछ जता ततै घिरौला । एक जना दाजुले FB मा लेख्नु भाको थियो , " जिन्दगि खुसि संगै चलि राको थियो अचानक फल्न थाल्यो घिरौला "। बिचरा वहा नि घिरौला पिडित हुनु हुदो रैछ , भाउजुले हरेक alternate छाक तरकारी पकाउनु हुदो रैछ घिरौला । यो घिरौला फले पछि येति धेरै फाल्ने रैछ कि जता ततै घिरौला नै घिरौला । तुन्द्रुङ्ग तुन्द्रुङ्ग जता नि झुन्डिएको छ घिरौला।

किसनको छोरो नपरे पनि आफु पर्यो किसनको बाऊ ,( मेरो हुने वाला सन्तानले मलाई मेरो बाऊ नम्बरी किसन हुनुहुन्थियो भनेर सम्झियुन भन्ने चाहना छ ) । परिस्थिति मिलेर येस्लापी देखि aggressive खेति किसानी गरियो । spring मा खुब काक्रा फल्यो, ९०% काक्रो किराले खायो, १० % सग्लो पनि येति धेरै भयो कि कुरै नगरम । तेस्पछि लगतै मकै र फर्सिको मुन्टा फल्यो । मकै चै फले पछि खरायो र मृगको आहार बन्यो फर्सिको मुन्टा चै खुब खाइयो ।

ऐले साला घिरौलाको season रैछ , जता हेर्यो घिरौलाकै फुल घिरौलाकै चिचिंडा येत्र तत्र सर्बत्र । बालक घिरौला देखि लक्का बयस्क घिरौला, घिरौला नै घिरौला । ए आमा होउ, कत्रो कत्रो घिरौला । शिव लिङ्ग लाई चुनौती दिने खालको घिरौला, बोट बाट खसेर टाउकोमा लाग्यो भने पानि माग्न नपाइने खालको घिरौला । कति चाडो बढ्ने घिरौला, आज ३ इन्च, पर्सि हेर्न जादा १७ इञ्च बन्ने घिरौला । बाबा ठाकुरे के खाएर येति छिटो बढ्छ घिरौला ? किराले नि नखाने घिरौला, खरायो, मृगले खान नसक्ने घिरौला ।

आफ्नो मेहेनतले फलेको घिरौला देखेर मन त ज्यादै प्रफुल्ल हुन्छ , तर के गर्ने हो येति बिना घिरौला ? नखाऊ भने दिन भरि को सिकार खाऊ भने कान्छो बाऊ को अनुहार भएको छ घिरौला । अस्ति एउटा टिपेर तरकारी बनाको ४ छाक भयो घिरौला । तैबिसेक केटि भए त अरु कुनै बैकल्पिक उपाएको लागि प्रयोग गर्न सकिन्थ्यो होला यो घिरौला , केटा मान्छेले के गर्नु येति सरो घिरौला ? लौका भए जुस बनाएर खायिन्थियो यो घिरौला ।

धेरै लाई जस्तै मलाई नि nausea हुन्छ यो घिरौला । pregnant आइमाई लाई मसलाको गन्धले वाकवाकी लाउने जस्तो बनाउछ मलाई घिरौला । घिरौला र मेरो दोस्ती चै स्कुलमा हुदा होस्टेलको दिनहरु देखिको हो । कम्ता दुख गरिएन होस्टेलमा हुदा । बिहान ५ बजेर उठेर ओछ्यान A1 तरिकाले मिलाउनु पर्ने, अनि चिया र ४ ओटा बिस्कुट खाएर डेड घण्टा PT खेलेर आउनु पर्ने तेस्पछि line लागेर भात अचार अनि कैले कहिँ season अनुसार तरकारीमा उन्ही घिरौला । थुक्क, उल्टी आउला जस्तो हुन्थियो कैले कहिँ , २ जिउकि आइमाई लाई बरु के nausea हुन्छ र हामीलाई तेस्तो हुन्थियो बिहान बिहान खादा भात र घिरौला । फेरी नियेम एस्तो कडा भने भात नखाना नि नपाइने फाल्ननि नपाइने । सब भन्दा मन नपर्ने math teacher, अनि उसकै जिस्काउने नाम नै थियो घिरौला, उसको नाकै थियो घिरौला ।

कैले कहिँ घर जादा बारीमै फली राको हुन्थियो घिरौला, टिपेर झट्टारो हम्दिम जस्तो हुन्थो शिवलिङ्गे घिरौला । होस्टेल छोडेको नि १४ १५ वर्ष भएछ, तेस्पछि खासै दर्सन भेट भएन घिरौला । अचानक ऐले आफ्नै बारी भरि लटरम्म फल्यो घिरौला । जीवनमा जुन चिज देखि सदा भागियो तेही चिज आज फेरी घर भरि फली राखेको छ, मेरो घरको शोभा बनेर फली राखेको छ घिरौला । मैले रोप्छु भनेर रोपेको होइन घिरौला , एक जना छिमेकिले दिनु भाको । के के थियो सबै एकै चोटी छरियो , कतै फर्सि फल्यो, कतै सिमि अनि कतै घिरौला । मलाई जिस्काउन मेरो दैलो आगाडी आइपुग्यो घिरौला ।

आस्चर्येको कुरा १५ बर्स खाको घिरौलाको स्वाद पैलेको जस्तो नमिठो थिएन, ठिकै लाग्यो वा भानुम राम्रै लाग्यो । सायद आफ्नै मेहेनत परेर होकी वा मेरो उमेर संगै स्वाद परिवर्तन भाको हो । होस्टेल, घर ,बारी, math sir , आमा सबै लाई एकै साथ सम्झन दिलाउने कडी बनेको छ घिरौला ।

छ्या घिरौला, वा घिरौला, हर्स र बिस्मात एकै साथ झल्काउने घिरौला । दसैँ आगमनको पूर्व अनुअन लगाउने घिरौला । नेपालमा बिताएका पल पल झल्काउने घिरौला ।
Read Full Discussion Thread for this article