Posted by: Bennedict July 25, 2020
श्राद्द
Login in to Rate this Post:     1       ?         Liked by
अन्डिजीको चरणकमलमा,
तपाईंको कुरा सुन्दै रिस उठ्यो, अरुलाई कस्तो भयो थाहा भएन, नासजीले घुमाउरो पारामा नाम नलिएर के भन्नुभयो, बुज्नेलाई "चिन्नेलाई श्रीखण्ड, नचिन्नेलाई खुर्पाको बिँड" हो, तपाईंले एकातिर उहाको सप्पोर्ट गरेको जस्तो गरे पनि आफ्नो यो कही नभाको महान बिचार त हामी माथि थोपर्नु नै भाको छ हैन अहिले सम्म त। "ताक परे तिवारी नत्र गोतामे" भनेको त तपाईंलाई बाहेक कसलाई थाहा होला हजुर।
तपाईंको यो महान बिचारहरुको "क्रिट" गर्ने दुस्साहस गर्दै छु। अब तपाईंलाई साझाबासिहरुलाई नछेडेसम्म खाएको पच्दैन भनेर त जगजाहेर छ, तैपनी केही भन्ने आँट गर्दैछु।
# तपाईंको यो हिन्दु धर्म समन्धी जे लेख्नुभाको छ सार्है दु:खदायी लाग्यो हो। पशुपतिनाथ मन्दिरमा फर्केर तपाईंले आफ्नो लिङ हल्लाउनु भयो भनेर सुन्दा त अजिब लाग्यो। यस्ता मान्छेहरु पनि हुँदा रहेछन? धन्न तपाईंको साथीलाई पाप के हो, धर्म के हो भन्ने हेक्का रहेछ। हुन त तपाईंबाट कसलाई सम्मान गर्नु पर्ने भन्ने सामान्य ज्ञान त तपाईंमा एक रत्ती पनि छैन, हामी सबैलाई थाहा नै छ।
# तपाईंलाई सोध्न मन लाग्यो, तपाईं नेपाली कि बिदेशी? तपाईंको परिचय के हो? अनी तपाईंलाई नेपाली भनेर identity कसले र किन दियो? जुन देशको नाम बेचेर अहिले सम्म खाइराख्नु भाको छ, अब तेही देशको आस्था र भक्तिको प्रतिकहरुको तपाईंले सधैं धज्जी त उडाइ नै राख्नु भाको हो। अहिले त मलाई पानी को लेभल धेरै माथि भाको मलाई अनुभव हुन गैरहेको छ।
# तेत्रो रामायाण-महाभारत भएर पनि फेरी तपाईं साम्प्रादायिक कुरा ल्याइराख्नु भाको छ हजुर। तपाईंको यो बाहुनले यस्तो गरे, नेवारले यस्तो गरे, कहिले सकिन्छ हजुर? Grow up Sir
# तपाईं यो श्राद्द गर्नेहरुलाई, बर्खी बाध्नेहरुको जे picture रङाइराख्नु भाको छ, पर्नेलाई थाहा हुन्छ, उनिहरुको मनमा चलिराको आधिबेहेरी तपाईंको यो "दुइ पैसे" (तपाइको शब्द) जस्तो निक्रिस्ट त पक्कै हुन्न होला। तेसैले assumption गरी गरी लेख लेखेर वा बकेर ॠषि धमला मार्का पत्रकारिता चै नगरम होला हजुर।
# तपाईंले भनेको "चेन्ज" आफ्नो धर्म-कर्म, आफ्नो सन्स्क्रिती, विश्वाश त्यागेर, वा तपाईंले भने अनुसार हिन्दू धर्मका अनुयायिहरुलाई घोक्रेठ्याक लगाएर हैन कि आफुमा भाको limited knowledge बढाएर ज्ञानी हुनुमा होला। नाश सरको उदाहरण अघी छ।
धन्यवाद
Read Full Discussion Thread for this article