Posted by: Bennedict July 22, 2020
इन्जिनियर र इन्जिनियर्नि भाइरल
Login in to Rate this Post:     1       ?         Liked by
फ्रमडल्लासजी,
"--मेरी आमाले गुइठा सोर्न जाँदा लाउने चप्पल ---" भनेर साच्चै भन्नुभाको हो कि फेरी अन्डिजीलाई घुमाउरो छड्के हान्नुभाको हो? खैर, कुनै बिबाद सिर्जना नहोस् फेरी।

यो भाईरल भाको फोटो हेर्दा त मलाई पहिला यो विश्वाश लागेन कि यो कुनै नेपाली सरकारी कर्मचारी महिलाको फोटो हो। लाग्छ देशमा धेरै परिवर्तन भएछ। यस्तो भन्नुको कारण, तेतिखेर नेपाल हुँदा सरकारी कार्यालयमा जागिर खाने भन्नसाथ, काठमान्डौका मेरा रैथाने साथीहरु नाक खुम्चाउथे, लोक सेवा आयोगको जाचमा पनि धेरै काठ्माण्डौ बाहिरकाहरुको जगजगी हुन्थ्यो। यस्तो भनेर सरकारी जागिरको उपेक्षा गरेको चै हैन। यो फोटो हेर्दा त यस्तो पहिरन लगाएर अफिस जान पनि allowed भएछ गाठे भन्नु मात्र हो।
Read Full Discussion Thread for this article