Posted by: tps2gc July 14, 2020
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Login in to Rate this Post:     1       ?         Liked by
नासे भाई फुस्रे जोगी जस्तो हो, तिमि हामी बाल बच्चा घर परिवार वालाको सोचाई अलि भिन्न हुन्छ, समाज देखि बिरत्तियेर हिडेका, एकल जीवन काट्ने , जीवनमा माया प्रेम , परिवार देखि धोका पाएका हरुको बोलि, चाल चलन अलि मुलधारका मान्छे भन्दा फरक हुन्छ । एस्ता व्यक्ति कोहि एकलकाटे हुन्छन, कोहि घमण्डी हुन्छन, कोहि लत्ठु हुन्छन, कोहि भलाद्मी हुन्छन । नासे भाई फुस्रे जोगी भएर नि ज्यादै मिलनसार , मृदभासी र सबको भलो चाहने मानब हुन् । चाहेको बेला कसैलाई सहयोगको लागि नाई भनेनन्, कसै संग नमिठो बोलेनन् , यिनको commonsense नि तिम्रो जत्तिकै तेज छ । सारंशमा भन्नु पर्दा नासे भाई एउटा उच्चा कोटीको असामाजिक  जन्तु हो, यो जन्तु संसाररिक् माया जाल बाट भुलेर एकान्तमा बस्न चाहनछ तर सामाजिक बेबहारिकता ले गर्दा येही समाजमा जकड़ीन बाध्य छ । बेन भाई ले नासेको खेदो खनेको चै मैले भन्न खोजेको होइन होइ, नासे लाई भाई लाई सम्झौन खोजेको हो तर अगाडी जो सम्झिनु पर्ने हो त्यो मान्छे नभई भालु छ भने पुराणले कम गर्दैन । मैले नि नासे भाई लाई अलि अलि सम्झौन खोजेको हो तर भाई को डेरा, दशना र सिरोक को हाल देखेर नासे भाई मेरो सम्झाउने सक्ति भन्दा धेरै टाडा छ भनेर म चुप बसेको ।
Last edited: 14-Jul-20 10:24 AM
Read Full Discussion Thread for this article