Posted by: jhaukiri July 12, 2020
नीरो
Login in to Rate this Post:     2       ?         Liked by
नीरो!

मानिसका कथा लेख्ने, मानिसहरु
देखेर पनि , बुझेर पनि
असफल भए ,आक्रान्त बने
सत्य लेख्छु भनि नातो बाँधेर ,
छाती पिट्दै ,
पाखुरा सारेर अगाडी बढेकाहरु
इतिहासको छेउसम्म पुगेर,
अस्पतालमा भेन्नटिलेटरको कमीले मरे ,
गए !

यी तिनै मानिस हुन् ...
जसले महान अलेक्जेन्डरको गाथा लेखे,
यहुदीका ब्यथा लेखे,
गान्धी र मन्डेलाका सन्देश लेखे ,
अरुको भन्दा बेस् लेखे

तर,
अहिले आएर ...
आफुसंग सुतेका,
मुतेका र लडेका,
छापामारहरु
घेराबन्धीमा पर्दै जाँदा,
अम्बूसमा मर्दै जाँदा,
भूमिगत-अर्धभुमिगत हुँदै
त्यही गान्धीले छोडेर गएका बांदर भएका छन् !

मुख छोपेर हिड्नेहरु,
बुर्का बेरेर बाँच्नेहरु ,
भित्रा- भित्रै निस्सासिएर
कति आत्तिएका छन् ,

यी तिनै हुन् ,
जसले कथा लेख्छु भनेका थिए
कथा भन्छु भनेका थिए ,
अब बोल्न नपाइने भैयो ,
हाँस्न, खेल्न, छुन नपाइने भैयो
ऐनाको अगाडी उभिएर त्यही मानिसहरु
बिबस्ताको मुकुट देख्छन् ,
आफ्नो कथामा
"हिरो" हुने चाहना हुँदा हुँदै
आफुलाई "निरो" देख्छन्,
नीरो !!



Last edited: 12-Jul-20 05:36 PM
Read Full Discussion Thread for this article