Posted by: logan July 8, 2020
ए १ पनि पुगेनछ ?
Login in to Rate this Post:     2       ?         Liked by
म नेपाल गए पछी २-४ जाना पाका हरुलाई सधै भेटेर आसिर्बाद लिएर आउछु | गतबर्स नेपालमा भएको बेला छिमेकी अनी साईनो बाट काका पर्नु हुने बितिसके पछी पुगेको थिए | सबै छोरा छोरी बिदेश बसाइ, ति मद्दे २ जना घर पुगेका थिए र धार्मिक कृया सके पछी सबै तुरुन्तै फर्किए | काकाले छोरा छोरी बिदेसिनु भन्दा अघी सबैलाई राखेर भगवण्डा गरिदिएको हुनाले अन्स् बन्डाको कुरै उठेन | काकिले ल छोरा त भएको बेला २-४ वटा काम सकिदिएर गए आसिर्बाद लाग्ला भन्दै काम लगाउनु भयो र सबै जसो सिद्दियो नै भन्नु पर्‍यो |
ब्याकको मुद्दति र बचत र स्टकमा गरेको लगानी कती पुगेछ भनी सोध्नु भयो | म आकडा देखेर चकित परेको थिए| सबै मिलाएर ८१ रहेछ भने पछी काकिले ए १ पनि पुगेको रहेनछ भने पछी म काकिको मुख हेरेको हेरै भएको थिए ! १ पुगे पछी चै के हुन्छ नि काकी भनी सोद्धा छोरा छोरीलाई खर्च बर्च पठाउनु पर्दैन भन्छु भन्नु भयो |
काकिको एक चानचुने एक होईन एस्को पछी करोड झुन्डिएको थियो |
Read Full Discussion Thread for this article