Posted by: logan June 29, 2020
यो ढटाई के ढटाई? यस्तो ढटाइ पो ढटाई !
Login in to Rate this Post:     0       ?        
सानो हुँदा घर देखी स्कुल सम्म चोर्नु -ढाट्नु  हुदैन भनी शिक्षा पाईन्थ्यो आज भोली यस्तो शिक्षा दीइन्छ किन दीइदैन ? बिदेश बसाईको कारणले थाहा छैन | ढाट्नु र ठगाई गर्नु हुन्न भनेर छोरा छोरीलाई अर्ती उपदेश दिनलाई आफु पनि तेस्को लागि लायक हुनु पर्‍यो नि होईन र ? छोरालाई पाजी भनेर गाली गर्ने बाउलाई अनी तपाईं चै के नि भनेर सोधे पछी बाउ चुप लाग्नु परेको कथा अझै ताजा छ ( गधाको बच्चा लाई पाजी भनिन्छ ) | सरकारी जागिरेले जागिरकै भरमा धौले घर बनाएर प्राईभेट स्कुलमा छोरा छोरी राख्नेले ढाट्नु चोर्नु हुन्न भन्ने अर्ती उपदेश दिनै नस्क्नु पर्ने हो होईन र ? अरु हरु जीबिकोपार्जनका लागि धौ धौ गर्नु पर्छ |
(सभार: साझा) म र मेरा छिमेकी मित्र एउटै स्कुल गयौ, खैनी को स्वाद पचेन अनी चुरोट तिर लाग्यौ | लुकिछिपी खाने भएर थाहा पाएनन तर मेरा मित्रका बा ले थाहा पाएर छोरालाई अगाडि राखी भन्नु भएछ " म चुरोट पिउछु तेसैले तलाई चुरोट नपिएस भन्न् मिल्दैन, पिउछस भने आफ्यानै कमाइले पिएस अनी सगै बसेर पिउला भने पछी उनले पिउन छोडे (यसरी दीइन्छ अर्ती उपदेश )|
ढाट्ने, चोर्ने , छल्ने घर समाज अादी इत्यादिले ठुलो प्रभाब पारेको हुन्छ भने कहिले काही चाहना नभएर आबस्यकता बन्न पुग्छ भने पछी आबस्यक्ता बानिमा पारीणत हुने ठुलो सम्भावना हुन्छ | स्कुलमा पाठ बुझाउन नसके छडि पाउनु भन्दा छली नगरे के गर्नु ?
ढाट्नु नै छ भने कहिले नपक्डिने गरी गर्नु पर्छ भन्ने कुरा मेरो बच्चाले कुनै बेला बाल्यकलका कुरा सुनाउदा आफ्न ढटाइ आँफैमा सिमित रहेको कुराले " न समातिने गरी ढाट्दा" हुने रहेछ भन्ने कुरा लीएछ | बच्चा हाइ स्कुलमा भएको बेला गृहलक्षिले तैले "न समातिने गरी ढाट्दा हुन्छ" भनी सिकाएको हो भनी सोधनी हुँदा बाल्यकालको कथा सुनाउदा टिपेछन भनी जाबाफ दिएको थिए |
६-७ बर्सको थिए होला घर फर्किने बेला साइला दाई र कजन माइला दाईले उन्का झोला भिराइदिए अनी उनिहरु पाङ्रा खेल्न गए | ओरालो हिंड्नु पर्ने खुड्किलो बाट ओर्लिदै थिए खुटा चिप्लेर दुबइका स्लेटका पाटी चकना चुर भए | खनेर लुकाइ दिए अनी झोला चै घरमा राखी दिए | दुबइ दाईले मेरो पाटी खोई बेचेर खाईस भने मैले थाहा छैन, तिम्रो पाटिको जिम्मा मेरो होर तिमीहरुलेनै बेचेर पाग्न्रा किन्यौ होला भने पछी घरका मनिषले पनि विश्वाश गरे | ढटाई  त यस्तो पो हुनु पर्छ , यो ढटाई बच्चालाई भनेको थिए , उस्ले पनि कसैले नथाहापाउने धटाई चै गर्न हुने सम्झेछ |

अमेरिकि रास्ट्रपती (बुढो बच्चो) ढाट्ने रोगले ग्रसित छ भने अहिले पहिलो स्टेजको  alzheimer ले छुएको बेला ढाट्नै परे पछी कसैले थाहा नपाउने कुरामा चै ढटाई गर्नु पर्छ नि ? आजको भोली थाहा पाउनेकुरामा ढटाइ भन्दा वास्तविकता जनता सामु ल्याई दिए बेश हुने कुरा तेस्का बाउ फ्र्यान्क सिनियरले सिकाएनछ ? उ पनि एक नम्बरको ढाट हो | मिलियन्स डलर छोरा छोरीको नाममा कर छलेर सम्पत्ति हस्तन्तरण गरेको हो | यस्ले कर छल्न आफ्नै बाउ बाट सिकेको हो | तलेबानले रसियन बाट बाउन्टी लिएर अफगानिस्तान मा कार्यरत सेनालाई हमला गरेको कुरामा मलाई कसिले पनि ब्रीफिङ गरेनन भनी ढाट्दै छ , भोली सत्य कुरा निक्लिन्छ बरु अहिलेनै सुनेको हुँ तर अथेन्टिक् नभएको कारण चर्चामा नल्याएको हुँ भन्दा कसो हुन्थ्यो  ? अरु देशको ज्यानको लागि बाजी थाप्छन , यो चाँही पुतिनको लागि काध थाप्छ | यस्को पछी के तथ्य लुकेको छ  ? यस्को राज राष्ट्रपती पद बात हटे पछी जग जाहेर हुने छ |
Last edited: 29-Jun-20 03:32 PM
Read Full Discussion Thread for this article