Posted by: tps2gc June 28, 2020
मेरो बचत सुन्य छ
Login in to Rate this Post:     0       ?        
१५००० होइन नि भाई १५०००० हो , म यहाँ आको २०११ मै हो मेरी बेहुली चै अलि पछि आकी हुन् । आको २ वर्ष त कुकुर ले नपाउने दुख पाए नि । हाड छाला घोटेर २ बर्स मा ३० ४० हजार जम्मा गरे । मेरो काया पलट चै २०१३ बाट स्टक ले भएको हो , तेती खेर दाउ लागो, अनि तेही साल बेहुली र छोरो लाई ल्याए । बुढा बुढी मज्जाले काम गर्न थालीम २०१५ मा सानो स्टोर किनिम । २०१६ मा चुनाब ताका शेरमा राम्रो खेल्न मौका मिल्यो । १७ मा सानो स्टोर बेचेर ठुलो हानियो , काम को अनुभब नि भयो।

ठुलो स्टोर हाने पछि आफै ले मात्र नसकिने , नेपाल बाट सालो आयो बाकी २ जना नेपाली भाई पनि छन् । स्टोर को business ज्यादै राम्रो लाग्छ , जति मेहेनत गर्यो उति प्रतिफल आउने , मेहेनत गरे पनि आफ्नै लागि हो तेसैले खुसि हुन्छ मेहेनत गर्दा । तर दुख चै छ है, रात दिन भन्न मिल्दैन , छुट्टि भन्न मिल्दैन होलिडे नगको २०१७ देखि हो , जुन देखि यो ठुलो स्टोर किनियो छुट्टि पाको छैन । तर प्रतिफल ज्यादै राम्रो छ , सबै खर्च कटाएर १०००० मासिकको हाराहारी हुन्छ। यो कोरोन ले हो सब चौपट बनाको स्टकमा लस् भयो दोकान बन्द भयो बेहुली को जागिर गयो , तिन्रु पर्ने loan जस्ताको तस्तै , तेतिखेर कम्ता तनाब भएन । बिगत १ महिना देखि धेरै राम्रो छ व्यापार , भगवान ले कृपा ले येस्तै भइ रहोस , सबको कल्याण होस् ।

मेरो जिन्दगि त दुख मै बित्यो , भरिया को भरियै , जिन्दगिमा पढ्न सकिएन येस्मै दुख छ । अब भुन्टोलाई धेरै पढाउने धोको छ । बाऊ गोबर भए नि भुन्टो तेज छ पढाई मा । तेस्लाई डाक्टर नै बनाउने हो अम्रिकामा । भुन्टो फेरी अर्थो को डाक्टर बन्छु भन्छ, तेस्को लागि मात्र ६ लाख को estimate छ । भुन्टी अलि सानी छ तेस्को लागि अलि जहो गर्नु छ । अब यी केटा केटि लाई राम्रो पढाउने सोच छ , तेइ भुन्टो कोलागी यो घर किनेको हो , केहि गर्न सकिएन भने तेइ घर बेचेर पढाउने हो ।
मेरो महातोकांच्या अलि बडी भयो कि जस्तो लाग्छ कैले कहिँ , ऋण टन्न छ, २००० २५०० तल माथि हुदा नि आतिने आवस्था छ , चर्को ब्याज को ऋण त ६ महिना मा clear गर्छु अनि थेरै आराम मिल्छ ।

आफु लाई त जे गरे नि हुने तर ३ जना staff भइ छन् सबै student , तिनीहरुको रोजी रोटि र कपि कलम खर्च नारोकियोस भन्ने चिन्ता छ । म जहाँ छु त्यहाँ सम्म पुग्न तिनीहरु को मेहेनत को ठुलो स्थान छ । over-अम्बिशन भयो कि भन्ने चिन्ता छ तर फेरी अर्को मन ले भन्छ ambition बिना को मान्छे त जीउदो लास हो । सास फेर्न र खान खान मात्र त के बाच्नु ।
Read Full Discussion Thread for this article