Posted by: tps2gc June 25, 2020
मेरो बचत सुन्य छ
Login in to Rate this Post:     0       ?        
मेरो सेविंग ० छ । कुनै जमानामा म संग २०००० भन्दा कम कैले हुदैन थियो । अम्रिका आएर काम गरेको २ वर्ष लाग्यो २०००० सेविंग पुर्याउन । मलाई पैसा को के गर्ने केहि थाहा थिएन । अलि अलि भाको नेपाल पठाउथे आफु संग २०००० खल्तीमा राखेर । तेस्पछि मेरो भेट एउटा investor भाई संग भयो , उसले मेरो पैसा कसोरी बेवास्थित गर्ने सिकायो । ३०००० को शेर मा लगानी गरे, flex loan लिए ग्रीन कार्ड बने पछि , अरु ऋण थपिदै गए शेर मा लगानी बर्दै गयो , यता काम नि गरि राको थिए , मेरी बेहुली ले नि दैनिंक १४ घण्टा सम्म काम गर्थिन , अलिकति शेर बेचेर स्टोर किनिम , स्टोरमा खुब मेहेनत गरेर २ जना ले नै काम गरिम त्यो स्टोर लाई ठुलो बनायिम , स्टकमा सफलता मिल्दै गयो फेरी अलिकति शेर बेचिम अनि घर किनिम , यो बीच मा लगानी थपिदै गयो , shavinig account ० सधै । अलिकति पैसा भयो कि शेर मा ड्याम्म हाली हाल्ने फेरी किन्ने फेरी बेच्ने । लगानी थप घट हुदै गयो , स्टोर बाट राम्रो मुनाफा हुदै गयो , स्टोर बाट आको पैसा ले फेरी स्टोर थप्ने कि स्टक किन्ने दोधार भयो । श्रीमती अर्को घर किन्ने निर्णय मा पुगिन । उनलाई स्टोर मा काम गर्दा गर्दा वाक्क लाग्यो । नेपाल बाट सालो आयो उनले स्टोर छोडेर ३ दिन होटेल को काम सुरु गरिन । तेस्पची covid को हल्ला चल्यो । स्टक को मुल्य धेरै खस्किने हल्ला चल्यो । श्रीमती तर्सिन हतार हतार स्टक राफ साफ गरियो आदा भन्दा बढी , बेहुलीको pressure ले , उनलाई मैले स्टक खेलेको सुरु देखि राम्रो लागेको थिएन , उनकै दबद ले गर्दा हतार हतार स्टक बेचियो , येही हतारमा १५०००० जति घाटा लाग्यो । तेती मेहेनत गरेर हुर्कको स्टकमा लोस जादा १ महिना निन्द्रा लागेन । मैले जिन्दगि भर दुख गरेको छु, धेरै पढे लेखेको नि छैन ( हुन त म भन्दा धेरै पढेका भाई हरु मेरो स्टोर मा काम गर्छन ) ।

तर भगवान ले एक तिर बाट लात हने पनि अर्को तिर बाट फेरी कृपा दर्साउछन् भने जस्तो भाको छ, येस्बिच एकदम सस्तो घर मिल्यो फुल cash मा । ऐले करिब बारीब पौने ६ लाख को मुल्यांकन भाको घर ३ ७५ मै मिल्यो । स्टक बेचेर पुग नपुग २ लाख आको थियो। स्टोरको कमाई बाट ८० हजार नाफा निकालेको थियियम अर्को स्टोर खोल्न। घर किन्न लाई बाकी पैसा मिलाउन हम्मे हम्मे पर्यो । कोविद को समय भएको ले बैंक ले दिएन । नेपालमा लगानी त थियो तर यहाँ ल्याउन नमिल्ने । फेरी यता उति सर सापट गरेर त्यो घर नि किनियो । renovation गर्ने ४० हजार थप लाग्ने भयो, गर्ने पर्यो ऐले renovation को काम नि चलि ऱा छ । पुरै भाडामा छ , राम्रो कमाई दिई राको छ । renovation पछि अझ राम्रो कमाई हुने अनुमान छ ।

येही ताल हुने हो भने मेरो ३ वर्ष सम्म हातमा फुटेको कौडी पनि रहन्न । जति पैसा आए पनि ऋण तिर्न पर्छ । केहि ऋण धेरै चको ब्याज मा लिएको ले त्यो तिर्न आतुर छु । ६ महिना मा clear भए भने ढाड अलि सोजिने थियो । तेस्पछि को soft loan त तिर्दै गरौला । ३ वर्ष मा मेरो debt फ्री हुने योजना छ ।

मान्छे को जात फेरी अर्को केहि किनम किनम लाग्छ । साथी भाई हेरु ले लु दाई यो त छोड्नै नहुने deal भन्दै कैले गास स्टोर, कैले घर देखौन ल्यौछन । अब थप लगानी नगर्ने भन्छु कुनै कुनै deal येति राम्रो हुन्छ कि लोव लागि हाल्छ।

सके सम्म अब नया लगानी नगर्ने सोच मा छु । २ टा घर भाई गो , एउटा फुल भाडा मा छ अर्को नि आदा भाडा मा छ । पसल नि ज्यादै राम्रो चलि राख्या छ। ३ टा भाई छन् शिफ्टमा काम गर्छन 18 घण्टा खुल्छ , नेपाली इमान्दार हुन्छन, स्टक मा लोस भने देखि अलि काम सक्रिय हुदै छु काम मा , स्टक को लास नया घर बाट पूर्ति भयो , ऐले केहि समय तेतै रंग रोगन , झाडु सफाई बगैचा मै बितौछु , पसल लाई ६ घण्टा मात्र दिएको छु । नया घरमा भाडा मा बस्ने नि ज्यादै राम्रो नेपाली हुनुहुन्छ , वहा को बेहुला नेपालमा अर्किनु भएको छ ।

सोच्दै छु अब आराम ले दिन कटाम , ४० काटी सकियो, जिन्दगि भर दुख गरियो , बेहुली नि तेही सोच मा छिन, उनि पनि फुर्सिदिली छिन , उनि ६ घण्टा दोकान बस्छिन, खोल्न र बन्द गरेर हिसाब मिलाउन म पुग्छु । छोरा छोरि हुर्कैदै छन् , अब तिनी हरु को पढाई लाई जोहो गर्नु छ , आफु ले जिन्दगि क्याम्पस को पहिला टेकियेन अब तिनी हरु लाई धेरै पढाउने धोको छ । राम्रो college को लागि कम्तिमा तिन लाख चाहिने रैछ एक जवान को लागि अब तिनी हरु को लागि १८ वर्ष नपुगिन्जेल ६ लाख जम्मा गर्नु पर्ने छ ।
तिनीहरु १८ पुग्न आझै १ २ वर्ष जति बाकी छ , तेती पैसा त् येही स्टोर ले जम्मा गर्छ भन्ने विश्वास छ । घरको भाडा ले खान बस्न राम्ररी पुगी हाल्छ।
लोभ असिमित हुने रैछ , कहिँ न कतै बिट मर्न सके मात्र जिन्दगि सफल हुने रैछ । येही लोभ लाई बिट मर्ने कोसिस गर्दै छु । मेरो saving ० छ । मेरो liquidity येति कम्जोर छ को अस्ति ३४०० को स्तिमुलास पाउदा नि धेरै राहत भएको थियो । मेरो लोभ लाई बिट मर्न सके भने ६ महिना पछि यो आवस्था बाट राहत पाउने योजनामा छु ।
सुन्धैछु फेरी कोविद देखा परि राखेको छ रे , हे प्रभु सबै को कल्याण गर । सुन्य
Read Full Discussion Thread for this article