Posted by: tps2gc June 24, 2020
I m offered a Job in Bank in Nepal, should i go back ?
Login in to Rate this Post:     0       ?        
३०००० को ब्यांकको जागिरले नेपालमा मुखमा माड़ लाउने कि पिधमा ? काम सानो ठुलो हुदैन , जे भेटिन्छ तेइ गर्ने इमान्दारीका साथ गर्ने, यहाँ कामको कमि छैन, पैसा धेरै फुलमास नगर्ने । status मा समस्या छ भने ओकिलकोमा जाने assylum फाइल गर्ने, काम गर्न पाई हालिन्छ , २० ३० हजार जोडन भए पछि केहि नया काम गर्ने आठ आउछ , ग्यास स्टोर खोल्ने, खुब मेहेनत गर्ने, आफै खटिने ५ वर्षमा काया पलट हुन्छ , स्टक मा लगानी गर्ने ५ वर्ष मा ३ गुना फाइदा भै हाल्छ , तेस्ली घर किन्ने बिहे गर्ने, दुलहीले नि काम गरि हल्चिन, नत्र स्टोरमा खटाउने २ जना मेहेनत गरे पछि फेरी अर्को स्टोर वा घर जोर्ने, भाडा खाने फेरी स्टकमा लगानी गर्ने , नेपाल बाट बुडा पाका घुम्न बोलाउने तिनलाई काम मा लाउने फेरी कमै हुन्छ।

anyhow status बनाऊ पैसा कमाऊ सिद्धान्तमा लाग्ने, अल्छि नबन्ने, assylum नहुने भए U visa , O visa छदै छ चिन्ता नलिने , केहि नलागे २ ४ पैसा खर्च गरेर बिबाह बाट status बनि जान्छ । चरेस खानु, हरेस नखानु । ज्यान सदै तगडा राख्नु ,
म mBA वा phd भनेर ठालु नपलटिनु , तेस्त खोस्र कागज यहाँ आची पुछ्न काम लग्छ । काम सानो ठुलो हुदैन, बस हिम्मत हार्नु हुदैन , अरुलाई नराम्रो सोच्ने वा अरुलाई बिगार्ने काम नगर्नु, येति गरे पछि भगवानले सधा साथ दिन्छन।

यो मेरो कथा हो, येति मेहेनेत गरे पछि म जस्ता गोबरगणेश त सफलताका साथ यहाँ बस्न सक्छन भने २ ३ कलास पढेका ले किन नसक्नु ।
यो कुनै फिलिम को कथा होइन मेरो वास्तविक कथा हो । हेल मेरो २ टा घर र एउटा स्टोर अनि ३ जना नेपाली कर्मचारी छन् । अर्को स्टोर खोल्ने अन्तिम योजना स्टकमा ठुलो घाटा लगेर तुहियो ।

नेपालमा टन्न जग्गा जमिन छ भने MBA डिग्री लगेर नि केहि नौलो गर्न सकिन्छ , होइन सम्पति खासै केहि छैन तेइ डिग्रीकोभरमा पेट पाल्ने हो भने सकिन्न । फेरी कोरियन भाषा सिक्न तिर लग्नु पर्छ । त्यो भन्दा एती बसेको राम्रो ।
Read Full Discussion Thread for this article