Posted by: AnandNepal June 8, 2020
हिमानी पनि टिकटक मा, छमछमी नाच्दै - "जहाँ गए नि किन लाग्छ मलाइ तिम्रै माया"
Login in to Rate this Post:     1       ?         Liked by
हिमानि टिकटकमा छोरीहरुसंग छमछमी नाच्दै - "जहाँ गए नि किन लाग्छ मलाइ तिम्रै माया"

हिमानि पुत्रि पुर्णिका शाहले एक टिकटक भिडियो शेयर गरिन - "गुराँसको फेद मुनि सम्झनाको छायाँ।" बोलको गितमा नाच्दै गरेको । भिडियोमा आमा हिमानिका साथमा दुइटै छोरिहरु पुर्णिका र कृतिकले नाचेका छन । यो भिडियो शेयर गर्दै ट्विटर प्रयोगकर्ता पवनवर्शा शाहको भनाइ थियो - परिस्थिती अनुसार यसरी रमाउन जाने सहज हुन्छ जिन्दगी #पुर्व युवराज्ञी हिमानी शाह र छोरीहरु।

लकडाउनको बेलामा घरमा नै बसेर गर्न मिल्ने कार्यहरुमा यसरि नाचगान र त्यस्तै भिडियोहरु शेयर गर्नु प्रमुख भएको छ। यहि बेलामा आएको यो पुर्वराज परिवारको टिकट्कले सामाजिक संजालमा तहल्का मच्चाएको छ । पुर्व राज परिवरको नाचगान प्रतिको लगाव लकडाउनको बेलामा मात्रै नभएर - यस अघि पनि देखिएको थियो।

टिकटक भिडियोको बारेमा आएका प्रतिक्रियाप्रति एक प्रयोगकर्ता भन्छन - पुर्व अधिराजकुमारिलाइ साधारण मान्छे भएर जिउन दिए भैहाल्यो नि .. जावो एउटा टिकटक बनाउँदा पनि कति हल्ला गर्ने ?

https://www.youtube.com/watch?v=mPHmAfuSrXU
Read Full Discussion Thread for this article