Posted by: Bennedict May 29, 2020
मैले देखेको दरबार-आज सुक्रबार-४
Login in to Rate this Post:     1       ?         Liked by
SSK जी,
पढेर nostalgic भए। राजा बिरेन्द्र र परिवारको सम्पूर्ण हत्याकाण्ड हुँदा म नेपालनै थिए। एकदम दु:ख लागेको थियो, म आँफै पनि अन्तिम दर्शनको लागि छाउनी हस्पिटल अगाडि गएको थिए, मलाई याद आउछ कता कता बाट मान्छेहरु ओहालो लागेर आएका थिए, तेत्रो भिड मैले कहिले नजिकबाट देखिन होला जिन्दगीमा। मेरो पछाडि बसेका लेडिजहरु यती ठुलो ठुलो स्वरले लाशहरुमा फुलमाला छर्दै रोएको सुन्दा त साह्रै नरमाइलो भएको थियो। सानै देखी आफुले पढ्ने महेन्द्र माला नेपाली किताबमा राजा बिरेन्द्रका अमर बाणिहरु पढेको, प्रजावत्सल राजा बिरेन्द्रको बारेमा निबन्ध लेखेको हिजो जस्तो लाग्छ।
राजा बिरेन्द्रलाई नजिकबाट चै सानोमा scout मा हुँदा नारायणहिटी गएर सलामी टक्र्याउदाको क्षणहरु याद आउछ। तेतिखेर गोरख दक्षिण बाहु पट्ट अनी अरु के के पुरस्कारको चर्चा हुन्थ्यो, आफु पनि टप गरेर राजाको हातबाट पुरस्कार थापुला भन्ने कुनै मिठो सपना पाल्थ्यौ, खैर। राजा बिरेन्द्रसँग चाँही नजिकबाट साक्षात्कार भएन, तर निराजनसँग चै भएको थियो। कुनै दिन share गरौला।
Read Full Discussion Thread for this article