Posted by: AnandNepal May 23, 2020
झुक्याएछन बज्जेहर्ले, चुच्चेलाइ बुच्चे पढाएर
Login in to Rate this Post:     1       ?         Liked by
यहि मे २२ शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले न्त्राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रालयको तर्फबाट नक्सा हस्तान्तरण गरेकी छिन। त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सो नक्सा हस्तान्तरण गरेकी छन्।

गत, जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा स्वीकृत गरेको थियो। मन्त्रिपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहीवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा यहि जेठ ८ गते औपचारिक रुपमा सार्वजनिक गरेको हो। अब सो नक्सालाइ नेपालकोनिशान छाप स्कुलका पाठ्यपुस्तक लगायतमा अपडेट गर्ने कार्य पनि शुरु भइ सकेको छ । तेस्तै नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाइ राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा पठाइएको पनि बताइएको छ । मन्त्रालयले आँफ्नो मातहतको नापी विभाग बाट पहिलो चरणमा ३ हजार कपी नेपालको नयाँ नक्सा छापेर राज्यका सबै निकायलाई वितरण गर्न को लागि नयाँ नक्साको छपाइ कार्य सुरु गरिसकेको र ति नक्सा सबै सरकारि कार्यालय हरुमा राख्नको लागि पठाइने जानकारी पनि मन्त्रालयका अधिकारीले दिएका छन् ।

https://www.youtube.com/watch?v=dfSDpW4kdwc
Read Full Discussion Thread for this article