Posted by: Bennedict May 21, 2020
साझा का ब्यक्तित्व हरु (भागः १)
Login in to Rate this Post:     1       ?         Liked by
"अर्को चोटीमा अरु दुइ-तीन डुकुलँठ्कहरुको हावा निकाल्छु। यो अन्ग्रेजको नाजायेज आउलाद AKA 'मोलाई you know राम्रो नेपोली बोल्नै आउदैन नि, I swear' AKA Bennedict को अनि नक्कली नेवार AKA सेक्सी इन हाकु पटासी को रोस्ट गर्न पर्ला।"

newsajhaccount जी, 
 तपाईंको problem के होला म सँग? न मैले तपाईंसँग कहिले बोलेको छु? मलाई नेपाली बोल्न आउन्न भनेर मैले कहिले भने? मैले लेखेको तेत्रो कबिताहरु नेपालीमा छन त। मैले के भनेको भन्दा, मलाई यहाँ साझामा आउने कोही कोही "तीस मारखाँ"हरुले जस्तो खांटी नेपाली बोल्न पो आउँदैन भनेको त। के म रियल लाइफमा "उरन्ठेउला बोका", "यौन पिपाशु", "निरिह लोखर्के" जस्ता शब्दहरु राखेर बोलुला त? हामीहरु धेरै पटक बोल्दा informal भएर बोल्छम, न कि यस्ता शब्दहरु राखेर बोल्छौ। मैले अब अन्डिजीलाई "बैंशले मात्तेको पापी शिकारी" भने कस्तो सुनिएला त? too dramatic भएन? यसरी को बोल्छ? बोल्थे होलान परापूर्व कालका मान्छेहरु, राणाकाल या अरु कुनै कालमा, अब अहिलेको timeमा यस्तो language सुन्दा चै amusing लाग्छ अनी मैले तेही मेरो amusement जाहेर गरेको हो, न कि म नेपाली बोल्न सक्तिन भनेको हैन।
Last edited: 21-May-20 09:11 PM
Read Full Discussion Thread for this article